स्वास्थ्य

बढ्दो गर्मी र प्रदूषणबाट आँखालाई कसरी बचाउने? आँखा रोग विशेषज्ञका पाँच टिप्स

डा किरन जिसी, आँखा रोग विशेषज्ञ

१. चश्माको प्रयोग गर्नुहोस्
अल्ट्राभायोलेट किरण (यूभी रेज)बाट सुरक्षा भएको राम्रो सन ग्लासमा लगानी गर्नुहोस्। यसले तपाईंको आँखालाई हानिकारक किरणहरूबाट जोगाउन सक्छ। साथै धुलो र प्रदूषकहरू विरुद्ध अवरोधको रूपमा काम गर्न सक्छ। यसले तपाईंलाई अरुको अगाडि स्मार्ट पनि देखाउँछ।

२. नियमित पानी पिउनुहोस्
दिनभर शरीरलाई हाइड्रेटेड राख्नको लागि नियमित पानी पिउने बानी बसाल्नुहोस्। एकैपटक धेरै पानी पिउने भन्दा थोरै थोरै पानी नियमित रुपमा पिउनाले शरीरलाई फ़ुर्तिलो बनाई राख्छ। प्रत्येक दिन आठ गिलास पानी पिउने बानी गर्नुहोस्।

३. आँखामा पानी नछ्याप्नुहोस्
हामी मध्ये धेरैको नुहउँदा वा मुख धुँदाखेरी आँखामा पानी छ्याप्ने बानी हुन्छ। यसो गर्नाले आँखाको आँसुले राम्रोसँग काम नगर्ने हुँदा आँखा सुख्खा हुने, विझाउने, पोल्ने समस्या देखिन सक्छ। त्यसैले यस्तो बानी छ भने आजबाटै त्याग्नुहोस्।

४. राम्रो सँग हात धुने बानी गर्नुहोस्
कुनै पनि सामान छोइसकेपछि वा चलाइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने बानी बसाल्नुहोस्। आँखालाइ बारबार चिलाउने वा छोइरहने गर्नाले आँखाको संक्रमण हुने खतरा बढ्दछ त्यसैले यसबाट बच्न आफ्नो सरसफाईमा विशेष ध्यान दिनुहोस्।

५. समयमै उपचार
आँखा दुख्ने पोल्ने वा जलन भएमा आइसले सेक्नुहोस्। कुनै पनि औषधि प्रयोग गर्नु अघि वा लक्षणहरू रहेमा विशेषज्ञहरूद्वारा आँखा परीक्षण गर्नुहोस्।स्वास्थ्य खबर पत्रिकाबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button