
सफल कृषि यान्त्रीकरण व्यावसायीहरुको फितलो प्रदर्शनी
दीपेश आचार्य
चितवन, १० मंसिर । कृषिमा यान्त्रिकरण : कृषिमा रुपान्तरण भन्ने मुल नाराका साथ मंसिर ६ गतेदेखि चितवनको एक्स्पो सेन्टरमा संचालित चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ समापन भएको छ ।
प्रदर्शनीको समापन भुमि सुधार, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे शेर्पाको प्रमुख आथित्यततामा भएको थियो । समापन कार्यक्रममा बोल्दै मन्त्री शेर्पाले प्रदेश ३ को राजधानी हेटौडामा कृषि उत्पादन केन्द्रको स्थापना गर्नको लागि डीपीआर तयार भइसकेको जानकारी दिए ।
अहिले कृषि क्षेत्रको धेरै पुजीँ बाहिर गइरहेको र उक्त पुजीँलाई नेपालभित्रै परिचालन गर्ने उद्धेश्यले प्रदेश सरकारले आफ्नै प्रदेश भित्र कृषि औजार उत्पादनको लागि कदम अगाडी बढाएको पनि जानकारी दिए । अहिले कृषि यन्त्रको क्षेत्रमा करिब १० अर्ब बढीको रकम बिदेशिइरहेको अवस्थामा कम्तिमा अहिले आफ्नै देशमा कृषि औजार उत्पादन गर्न सकेमा केहि रकम देश भित्रै रोक्न सकिने उनको भनाइ रहेको छ ।
तत्काल २ अर्ब बराबरको मात्र कृषि उपकरणहरु देशमा उत्पादन गर्न सकेमा आगामी ५ वर्षभित्र कम्तिमा अहिले बिदेशबाट आयात हुने औजारको ५०% हिस्सा देशभित्रै उत्पादन गर्न सकिने समेत जानकारी दिए ।
कृषि मेशिनरी तथा अन्य कृषि सामाग्रीका सफल विक्रेताहरुको संस्थाले आयोजना गरेको यो प्रदर्शनी सफल हुनु र नहुनुमा किसानलाई केही सरोकार छैन् । तर, समग्रतामा हाम्रो कृषि प्रणाली, किसानको अवस्था र आवश्यकताभन्दा धेरै माथिमाथिका सपना बाडेका कारण पनि यस्तो परिणाम भोग्नु परेको यथार्त लुकाएर लुक्दैन ।
प्रदर्शनी कति सफल कति असफल ?
कृषि र कृषक लक्षित प्रदर्शनी भनिएतापनि आम किसानहरुको पहँुच बाहिरका कृषि औजारहरु प्रदर्शनीमा राखिएका कारण पनि प्रदर्शनीले सार्थकता पाउन नसकेको आरोप आयोजकले खेप्नु परेको थियो । आयोजकले २० हजार अवलोकनकर्ता आएको दाबी गरेपनि प्रत्यक्षदर्शीको भनाईले त्यस्तो देखाउदैन् ।

सरकारी सहित कृषि मेशिनरीहरुको संस्था नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले संयोजन गरेको यस प्रदर्शनीमा झण्डै करोड खर्च भएको थियो । अझ त्यसमा स्टल राख्नेको खर्च बेग्लै छ । समग्रमा यथार्तपरक भएर विश्लेषण गर्दा प्रदर्शनीमा ५ हजार (अधिकांस विद्यार्थी) अवलोकनकर्ताहरु आए । त्यसमा किसानको भन्दा सरोकारवालाहरु बढि सहभागिता थियो । नामियाको संयोजकत्वमा आयोजित प्रदर्शनीमा ५ हजार अवलोकनकर्ताकालागि एक करोड खर्च गरिनु भनेको प्रति व्यक्ति दुई हजार हुन आउछ ।
एउटा अवलोकनकर्ताकालागि दुई हजार खर्च गरिनु नितान्त फजुल जस्तै हो । नामियाका अध्यक्ष स्वयम्भूकृष्ण कृष्ण श्रेष्ठले पनि २० हजार अवलोकनकर्ता आएको दावी गरे । सत्यअसत्यतर्फ वसह गर्नुभन्दा आउदा दिनमा कसरी यस्ता कार्यक्रम सफल बनाउने भन्ने तर्फ वहस गर्नु निको हुने देखिन्छ ।
‘प्रदर्शनी हुनु साह्रै राम्रो हो तर यति धेरै खर्च गरेर घाटा खानु वा असफल हुनुको अपजस तत्काल नामियाले खेपेपनि यसको दिगो असर सिंगो देशलाई पर्छ’, अवलोकनकर्ता मध्येका एक सञ्चारकर्मीको विश्लेषण छ, ‘व्यावसायिक अभ्यास नगर्ने हो भने अझै धेरै वर्ष यस्तै नियति भोग्नुपर्छ ।’
प्रदर्शनीमा भएका केहि स्टलहरुको व्यापार मधयम रहे पनि अधिकांश स्टलहरु दिनभरि प्रायः खाली नै रहेका थिए । नेपालगंज बाँकेबाट स्टल लिएर आएका दीपक खनालले प्रदर्शनी खासै राम्रो नभएको बताए । उनी मात्रै होइन् प्राय : सवैको जवाफ उस्तै थियो ।
कृषि मेशिनरी तथा अन्य कृषि सामाग्रीका सफल विक्रेताहरुको संस्थाले आयोजना गरेको यो प्रदर्शनी सफल हुनु र नहुनुमा किसानलाई केही सरोकार छैन् । तर, समग्रतामा हाम्रो कृषि प्रणाली, किसानको अवस्था र आवश्यकताभन्दा धेरै माथिमाथिका सपना बाडेका कारण पनि यस्तो परिणाम भोग्नु परेको यथार्त लुकाएर लुक्दैन ।
कृषिमा काम गर्ने जति पनि स्टेक होल्डर छन् तिनिहरुको आम्दानिको ग्राफ कहिले घटेको छैन् । किसान जहिले मारमा छन् । तर उनीहरुको नाममा हुने व्यापार सधै उच्चगतिमा नाफामा छ । यस कृषि यान्त्रीकरण प्रदर्शनीमा प्रदर्शनीमा राखिएका यन्त्रहरुमा ८५% भन्दा बढी औजारहरु बाह्य मुलुकबाट आयात गरिएका थिए । नामियाका अध्यक्ष श्रेष्ठका अनुसार आफ्नै मुलुकमा कृषि यन्त्र उत्पादन गर्दा कच्चापदार्थ बाहिरी मुलुकबाटै आयात गर्नुपर्ने र कच्चापदार्थ आयात गर्दा भन्सार महशुल बढी हुने भएका कारण उत्पादन लागत बढ्छ । नेपाली उत्पादन महंगो हुन जाने तर बाहिरबाटै कृषि यन्त्र आयात गर्दा भन्सार छुट हुने भएकाले अहिले बाह्य मुलुकबाट आयातभएका कृषि औजार नै नेपाली प्रयोगमा छन ।
त्यस्तै प्रदर्शनीमा भएका केहि स्टलहरुको व्यापार मधयम रहे पनि अधिकांश स्टलहरु दिनभरि प्रायः खाली नै रहेका थिए । नेपालगंज बाँकेबाट स्टल लिएर आएका दीपक खनालले प्रदर्शनी खासै राम्रो नभएको बताए । उनी मात्रै होइन् प्राय ः सवैको जवाफ उस्तै थियो ।halokhabar



