
काठमाडाैं । नेपाल जन–प्रशासन संघले हेमबहादुर मल्ल सम्मान,२०७९ डा.भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हेमबहादुर मल्ल सम्मान,२०७९ डा.भेषबहादुर थापालाई प्रदान गर्ने जानकारी दिएको हो ।
संघका अध्यक्ष मधुरमण आचार्यले हेमबहादुर मल्ल सम्मान,२०७९ साल्ट ट्रेडिङ कर्पोरेशन र नेपाल जन–प्रशासन संघको संयुक्त रहेको बताउनुभयो । उहाँले साल्ट टे«डिङ कर्पोरेशनका कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा हरेक वर्ष प्रदान गर्दै आएको बताउनुभयो । उहाँले हेमबहादुर मल्ल सम्मान,२०७९मा सम्मानपत्र सहित नगद २ लाख रुपैयाँ हरेक वर्ष प्रदान गर्दै आएको बताउनुभयो।
अध्यक्ष आचार्यले पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक,प्रशासनिक,प्राज्ञिक र कुटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रिय स्तरमा नेपालको राष्ट्रिय हितमा पुर्याएको योगदानको कदरस्वरुप हेमबहादुर मल्ल सम्मान—२०७९ डा.भेषबहादुर थापालाई प्रदान गरिएको बताउनुभयो । उहाँले उक्त सम्मान विशेष समारोहकाबीच आगामी २०८१ श्रावण २३ गते प्रदान गरिने बताउनुभयो ।जनता समाचार

