मूल खबरहेड लाइन

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी पक्राउ

न्युज अफ नेपाल
काठमाडौं ।

मानव तस्करीमा मुछिएका कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई आजै काठमाडौं ल्याउने तयारी छ।

अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो। उक्त आरोपलगत्तै उनले मन्त्री पदबाट राजीनामा समेत दिइसकेका छन्। साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ।

अधिकारी केहिदिन अघि कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। उनीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ।

उनले खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवाका २२ वर्षीय कञ्चन देवकोटालाई जापान लान खोजेका थिए। तर टोकियोको विमानस्थलस्थित अध्यागमनले प्रवेश नदिएपछि चारै जना अध्यागमनबाटै फिर्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button