
झापाको काँकरभिट्टामा संचालन भईरहेको योग अभिमूखिकरण कार्यक्रममा योग प्रशिक्षक सुवर्णलाल चित्रकारले प्रशिक्षण गराउँदै आएकाछन् ।पाताञ्जल योग समिति काँकरभिट्टा साधना केन्द्रले आयोजना गरेको यो कार्यक्रममा योग गुरु (प्रशिक्षक) चित्रकारले आठ दिन सम्म योग,साधना र जिवन दर्शनका बारेमा प्रशिक्षण गर्ने बताईएको छ ।कार्यक्रम काँकरभिट्टा स्थित मेची सामुदायिक भवनमा बिहान४ः३० देखि संचालन हुदै आएको छ ।



