खबरहेड लाइन

मेचीभन्सारको उत्तरको गेट बन्द, अब सहज भयो आवत जावत गर्न

मेचीनगर । नेपालको पूर्वी नाका काँकरभिट्टामा सर्वसाधारण यात्रुहरुको आवात जावतलाई सहज बनाउन मेची भन्सार कार्यालयले आजदेखि उत्तरपटिको ढोका बन्द गरेर एशियन हाइवेको बाटो खुल्ला गरेको छ ।

मेची भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालले भारत लगायत विदेशबाट आउने पर्यटक र सर्वसाधारण यात्रुहरुलाई आवात जावतमा समस्या नहोस् भनेर उत्तरपटिको गेट बन्द गरेर सिधै एशियन हाइवेको बाटो खुल्ला गरिएको जानकारी दिए ।

गाडी लिएर आएका पर्यटक र यात्रुहरुलाई भन्सार गेटमा झनझट र धेरै समस्या भएपछि मेचीनगर नगरपालिका, यहाँका सबै राजनीति दलहरु, यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल्स व्यवसायीले भन्सारलाई आवगमन सहज गर्न अनुरोध गरेका थिए।

आज कोशी प्रदेशका सांसद एवम् नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, पूर्व सांसद श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, ६ नं। वडाका वडाध्यक्ष ललितबहादुर तामाङ लगायतले निरीक्षण गरेका थिए ।

नगरप्रमुख बुढाथोकीले सर्वसाधारणहरु पारीबाट आउदा वा जाँदा नाकामा धेरै झनझट भएकाले व्यवस्थित गर्न आग्रह गरे अनुसार भन्सार कार्यालयले आजदेखि आवात–जावतमा सहजता ल्याएको बताए ।

यसअघि पारिबाट आएका विदेशी गाडी, पर्यटक र यात्रुहरुलाई भन्सार गेट उत्तरबाट घुमाएर बसटर्मिनल छेउ निकालेर एशियन हाइवेसँग जोडिन्थ्यो । सोझै गाडी र यात्रु एशियन हाइवे बाटोबाट जान पाउँदैन थिए ।

अब यात्रुशाखाबाट गाडीको भन्सार गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सारका कर्मचारीले स्टीकरसहितको सुरक्षा जाँच गरेपछि सिधैँ एशियन हाइवेको बाटो प्रयोग गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button