कृषि र किसानखबर

देशभरका क़ृषि क्याम्पसमा ताला लाग्यो

बिर्तामोड: त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर कृषि र पशु विज्ञान अध्ययन संस्थानका चार आंगिक क्याम्पस रहेको छ l जस मध्ये विद्यार्थीहरुले तिनओटा क्याम्पसमा शुक्रबार तालाबन्दी लगाएका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कृषि स्नातक अध्यापन गराउने झापा जिल्लाको गौरादह कृषि क्याम्पस, लमजुङ जिल्लाको लमजुङ कृषि क्याम्पस, र रुपन्देही जिल्लाको पक्लिहवाका विद्यार्थीहरुले शुक्रबारदेखि नै क्याम्पसको प्रशासनिक एबं शैक्षिक गतिविधि ठप्प हुनेगरी अनिश्चित कालका लागि क्याम्पसमा तालाबन्दी गरेका छन्। सेमेस्टर परिक्षामा अनुत्तीर्ण विद्यार्थीले पुनः परिक्षामा फेरि अनुत्तीर्ण भएको खण्डमा उक्त सेमेस्टरमा पुनः भर्ना गर्नुपर्ने डिन कार्यालयको निर्देशनको विरोधमा विद्यार्थीहरुले केहि साता यता चरणबद्ध आन्दोलन गर्दै आएका हुन्।
डिन कार्यालयले छलफल गरेपनि केही ठोस निर्णय न आएको कारण सो मांग सहित आन्दोलनक़ो घोषणा गरिएक़ो झापाक़ो गौरादह कृषि क्याम्पस स्ववियु सचिव प्रथम गिरी बताउछन;उनि भन्छन “डिग्री हाम्रो सपना हो,बिश्वबिद्यालयको ब्यापार होईन “।
. उक्त आन्दोलनले अहिले बिद्यार्थीहरुक़ो भबिष्य अ न्योल बन्न पुगेको  छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button