मूल खबर

रुस र युक्रेन युद्ध सुरु भएयता पहिलोपटक प्रत्यक्ष वार्तामा

काठमाडौं- रुस र युक्रेनबीच युद्ध चलेको तीन वर्षभन्दा लामो समयपछि दुई मुलुकबीच हिजो पहिलोपटक प्रत्यक्ष वार्ता भएको छ।

सन् १९४५ मा भएको दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा भीषण युद्ध अन्त्य गर्ने महत्वपूर्ण कदमका रुपमा हिजोको वार्तालाई हेरिएको छ ।

टर्कीको इस्तानबुलमा रुसी र युक्रेनी वार्ता टोलीले गरेको वार्तामा कुनै ठोस उपलब्धि भने हासिल हुन सकेको छैन । तर पनि यसलाई युद्ध अन्त्यको महत्वपूर्ण पहलका रुपमा भने विश्वभर नै हेरिएको छ ।

टर्की र अमेरिकाको दबाब र कूटनीतिक पहलले यो वार्ता सम्भव भएको बताइएको छ । वार्ता त्यति सहज रुपमा भने भएको पाइएन । वार्तारत दुबै पक्षले शुरुमा हात समेत मिलाएनन् ।

युक्रेनी प्रतिनिधिमण्डलका आधाभन्दा बढी सदस्यहरूले सैन्य पोशाकमा उपस्थिति जनाएका थिए । उनीहरूको पोसाकले युक्रेन अझै पनि युद्धको घेराभित्र रहेको सन्देश दिइरहेको विश्लेषण गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव युक्रेनले गरेको थियो । तर रुसले सो प्रस्ताव अस्वीकार गरेको हो । अहिले फेरि त्यसबारे विचार गरिरहेको बताएको छ ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button