मूल खबरस्वास्थ्य

स्वास्थ्य बिमा बोर्ड समस्याग्रस्त

काठमाडौँ, पुस २३ गते । स्वास्थ्य बिमा बोर्ड समस्याग्रस्त अवस्थामा गुज्रिरहेको बताइएको छ । स्वास्थ्य बिमा बोर्डले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य बिमा बोर्डले समयमा सेवाप्रदायक संस्थालाई भुक्तानी दिन नसक्दा समस्या उत्पन्न भएको जनाएको छ। स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राज्यले दायित्वबोध नगर्ने स्थिति हो भने स्वास्थ्य बिमाको प्रिमियम वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले हालको अवस्थामा प्रिमियम वृद्धि गरेर त्यसलाई स्वचालित बनाइनुपर्ने र राज्यले सहयोग गर्नुको विकल्प नरहेको बताउनुभयो ।

“विश्वका जुनसुकै देशमा राज्यले स्वास्थ्य बिमामा लगानी गर्ने गरेको छ,” काफ्लेले भन्नुभयो, “नेपालमा राज्यले लगानी नगर्ने अवस्थामा प्रिमियम बढाउनुको विकल्प छैन ।” उहाँले केही प्रिमियम बढाएर त्यसपछि मुद्रास्फितिको अवस्था अनुसार स्वचालित रूपमा प्रिमियम कायम गर्नुपर्ने बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button