खबर

झापा क्षेत्र नं २ मा नेकपा(संयुक्त)का युवा नेता सिटौलाको उम्मेद्वारी

मेचीनगर । आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेकपा(संयुक्त)कातर्फबाट युवा नेता श्रीप्रसाद सिटौला उम्मेद्वार बन्ने भएकाछन् । नेकपा(संयुक्त)झापाले झापाको क्षेत्र नं २ बाट सिटौलालाई प्रत्यक्षतर्फ आफ्नो उम्मेद्वार बनाएको छ ।झापाको विध्यार्थी आन्दोलनबाट निरन्तर कम्युनिष्ट राजनीतिसँग जोडिएका सिटौला हक्की स्वभावले परिचित पनिछन् । पार्टीले दिएको जिम्मेवारी आफुले देश र जनताको पक्षमा ईमानदारिताका साथ लगाउने उनले बताए । निर्वाचनमा हार र जित स्वभाविक भएको भन्दै अहिलेको अवस्थामा देशभक्ति र जनमूखि शासन मुद्दा पहिलो प्राथमिकतामा रहको उनले बताए ।एक जिज्ञासामा सिटौलाले आफ्नो पार्टीको विगतदेखि वर्तमान सम्मको जनतासँगै रहको कम्युनिष्ट यात्रा र पार्टीले उठाएका जनमुद्धालाई मनन गरेर जनताले मन पराउने उनले बताए ।सिटौलाले पार्टी संख्यामा भन्दा पनि गुणमा ठूलो र सानो हुने बताउँदै नेकपा(संयुक्त)नै वर्तमानको देशभक्त,जनप्रिय र ईमानदार नेता भएको पार्टी भएको दावी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button