भिडियो चौतारीमूल खबरहेड लाइन

सुधन गुरुङ फेरि गृहमन्त्री, आजै शपथ ग्रहण

सफाइपछि गृह मन्त्रालयमा गुरुङको पुनरागमन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार उनलाई आजै गृहमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। शपथ ग्रहणका लागि राष्ट्रपतिको कार्यालयसँग आवश्यक समन्वय भइसकेको र अपराह्न ३ बजे शपथ ग्रहण हुने तयारी गरिएको बताइएको छ।

यसअघि विवादमा परेपछि वैशाख ९ गते उनले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। सरकारले गठन गरेको छानबिन समितिले सफाइ दिएपछि उनी पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन्।

सुधन गुरुङको पुनरागमनले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला ? आफ्नो धारणा कमेन्टमा लेख्न नबिर्सनुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button