खबरभिडियो चौतारीहेड लाइन

अमरेश सिंहको ठूलो दाबी : “संविधान होइन, अब व्यवस्था नै जाँदैछ!”

नेपालको संविधान संशोधनको बहस चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले वर्तमान संविधान संशोधन हुन नसक्ने दाबी गर्दै बरु अहिलेको राजनीतिक व्यवस्था नै परिवर्तन हुने चेतावनी दिएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सिंहले संविधान संशोधनका लागि गठित कार्यदलका संयोजक असिम साहमाथि समेत तीव्र टिप्पणी गरे। संविधानमा कुनै समस्या नभएको तर समस्या नेताहरूको नियतमा रहेको उनको भनाइ छ।

संविधान संशोधन प्रक्रिया, दुई तिहाइ बहुमतको आवश्यकता, प्रदेशको भूमिका तथा वर्तमान राजनीतिक अवस्थाबारे अमरेश सिंहले राखेको धारणा अहिले व्यापक चर्चा र बहसको विषय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button