
माल्टा ।
किराँत याक्थुङ चुम्लुङ माल्टा र केवाईसी (K.Y.C.) फुटबल क्लब माल्टाको संयुक्त आयोजनामा आगामी २०२६ अक्टोबरमा ‘मुकुम्लुङ कप २०२६’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ. युरोपभरि छरिएर रहेका नेपाली फुटबल क्लबहरूलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस प्रतिष्ठित प्रतियोगिताको लागि टोली दर्ता औपचारिक रूपमा खुला गरिएको छ।
आयोजकका अनुसार प्रतियोगिता आगामी सन् २०२६ अक्टोबर ३ र ४ तारिख (२०२६/१०/३ र ४) का दिन सञ्चालन हुनेछ. यद्यपि खेल खेलिने निश्चित स्थान भने छिट्टै सार्वजनिक गरिने जानकारी दिइएको छ।

आकर्षक पुरस्कार राशि र नियम
युरोप स्तरको यस फुटबल प्रतियोगिताको विजेताले भव्य ट्रफीसहित ५,००० युरो (€ ५,०००) नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता (द्वितीय) टोलीले २,५०० युरो (€ २,५००) मा चित्त बुझाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक प्रत्येक टोलीका लागि प्रवेश शुल्क (Entry Fee) ४९९ युरो (€ ४९९) निर्धारण गरिएको छ।
व्यवस्थापन तथा सम्पर्क
प्रतियोगितालाई भव्य र मर्यादित रूपमा सम्पन्न गर्नका लागि केवाईसी फुटबल क्लब माल्टाका खेलकुद संयोजक किरण कुमार आङ्बुहाङ (लिम्बू) को विशेष सक्रियता रहेको छ । आयोजक समितिले समयमै आफ्नो टोली दर्ता गरी खेल खेलप्रेमीहरू माझ यस उत्सवलाई सफल बनाउन आग्रह गरेको छ।
टोली दर्ता तथा विस्तृत जानकारीका लागि आयोजक टोलीका निम्न प्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिनेछ।
दर्शन लिम्बू: ०३५६९९९३४५६६
किरण कुमार लिम्बू / खेलकुद संयोजक: ०३५६९९०३६६२१
प्रकाश लिम्बू: ०३५६७७१४६९९०
गजेन्द्र लिम्बू: ०३५६७७५५७१५२
प्रेम राज लिम्बू: ०३५६७७१५१६४७



