खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलः पुस १५ गते निर्माण सम्पन्न नहुने

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ ।

निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन कम्पनीले तोकिएको समय डिसेम्बर ३१ भित्र निर्माणको काम नसकिने भएपछि १० दिन अघिनै म्याद थप गर्न (थप समय) माग गर्दै आयोजनाको कार्यालयमा पत्र दिएको थियो ।

निर्माण कम्पनीको पत्र आइसकेपछि हालसम्म सम्पन्न भएका कामहरु तथा अब बाँकी कामहरुको आधारमा ३ महिनाभित्र (मार्च २०२०) निर्माणका सबै काम सकिने आधार देखिएकाले ३ महिना समय थप्न केन्द्रीय कार्यालयमा पत्राचार गरेका हुन् ।  कारोबार दैनिकमा   छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button