कृषि र किसानखबर

नेपाली सेनाले रोप्यो प्रदेश १ मा मात्रै २४ हजार विभिन्न प्रजातिका विरुवाहरु (फोटो फिचर)

 नेपाली सेनाको पहलमा प्रदेश नं.१ मा बृहत बृक्षारोपण गरिएको छ । स्थानीय निकाय तथा बासिन्दाहरुको सहकार्यमा नं.१ प्रदेश अन्तर्गत झापा जिल्लाको तोपगाछी व्यारेक ईलाका, कोशिटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र र धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा नं.१ प्रदेशका वनमन्त्री जगदिश कुसियत, नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डेले समेत वृक्षारोपण गरेका थिए ।

वृक्षारोपण कार्यक्रम अन्तर्गत कार्तिक ३ गते प्रधानसेनापति थापा तथा रक्षा सचिव पाण्डेको उपस्थितीमा झापा जिल्लामा तैनाथ नेपाली सेनाको नं.२१ बाहिनी अड्डा, तोपगाछी व्यारेक परिसरमा विभिन्‍न जातका ७ हजार ५० विरुवाहरु रोपिएको सेनाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्ै प्रदेशका वनमन्त्री कुसियत, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, पूर्वी पृतनापति उपरथी अनन्त कार्की लगायत स्थानीय निकायका पदाधिकारी, स्थानीय बासिन्दा तथा नेपाली सेनाका सकलदर्जा गरि करिब ५०० जनाको उपस्थितीमा कोशिटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती तथा श्रीलंका टप्पु क्षेत्रमा संचालन भएको वृक्षारोपण कार्यक्रममा विभिन्‍न जातका फलफुल तथा अन्य विरुवाहरु गरी करिब १३ हजार ७५० विरुवा रोपिएको थियो । मध्यवर्ती इलाकास्थित १३ विगाह मध्ये ११ विगाह क्षेत्रमा विभिन्‍न ७ प्रजातिका फलफुल र २ विगाह क्षेत्रमा अन्य आयमूलक जातका आंप, कटहर, अम्वा, कागती, बेल, गुलमोहर लगायतका विरुवाहरु वृक्षारोपण गरिएको थियो ।
वृक्षारोपण कार्यक्रमकै सिलसिलामा धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा समेत विभिन्‍न जातका १३६० विरुवाहरु रोपिएका थियो । समग्रमा एक नं. प्रदेशको तीन ठाउँमागरी २३ हजार ९६० वटा विरुवा रोपिएको हो ।

नेपाली सेनाले संचालन गरेको बृक्षारोपणले सरकारको नारा ‘एक नागरिक एक फलफुल विरूवा रोपण अभियान’मा समेत सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

 

halokhabar/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button