खेलकुद

आयाक्समाथि जितसँगै चेल्सी शीर्षस्थानमा

एजेन्सी – मिचे बात्सुयाईको निर्णायक गोलमा चेल्सीले च्याम्पियन्स लिग अन्तर्गत समूह ‘एच’को खेलमा डच क्लब आयाक्समाथि जित हात पारेको छ । इोहान क्रुफ एरिना आर्मस्टर्डम आयाक्समा बुधबार राति भएको बात्सुयाईले खेल सकिन ४ मिनेट बाँकी रहँदा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो । ३५औं मिनेटमा क्वीन्सी प्रोमिसले गोल गरेपनि भिएआरको सहायतामा गोलले मान्यता पाएन । त्यसअघि खेलको १५औं मिनेटमा चेल्सीले पहिलो आक्रमण बुनेको थियो । मासन माउन्टको प्रहारलाई गोलरक्षक एन्ड्री ओनानाले बचाए ।

३९औं मिनेटमा क्वीन्सीको प्रहारलाई चेल्सीका कप्तान सेसर एजपिलिक्वेटाले ब्लक गरिदिए । ६०औं मिनेटमा क्वीन्सीको कर्नरमा एड्सन अल्भारेजको हेडर पोस्टमा लागेर फर्कियो । बात्सुयाईले मैदान छिरेको दोस्रो मिनेटमै सिक्स यार्ड बक्सबाट गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । बात्सुयाई ७१औं मिनेटमा टम्मी अब्राहमको स्थानमा मैदान प्रवेश गरेका थिए ।

त्यसपछि भने चेल्सीले लगातार पोस्ट आक्रमण बुनेपनि गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । ८६औं मिनेटमा तीनै वैकल्पिक खेलाडी बात्सुयाईले क्रिस्टियन पुलिसिसको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सीले १–० को जित निकाल्दै आयाक्सबाट महत्वपुर्ण ३ अंक खोस्न सफल भयो । जितसँगै चेल्सी ६ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ । समान ६ अंक रहेपनि आयाक्स दोस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा फ्रेन्च क्लब लिल र स्पेनिस क्लब भ्यालेन्सियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । लिलमा भएको खेलमा डेनिस चेरिसेभले भ्यालेन्सियालाई ६३औं मिनेटमा अग्रता दिलाएका थिए । तर, इन्ज्युरी समयको पाँचौं मिनेटमा नानितामो इकोनेले गोल गरेपछि लिल अंक खोस्न सफल भएको हो ।

अघिल्लो दुई खेलमा पराजित भएको लिलको यो पहिलो अंक हो । भ्यालेन्सिया ४ अंकसहित तेस्रो तथा लिल १ अंक जोडेर पुछारमा छ ।

अन्य नतिजा
आरबी लेइप्लिजविरुद्ध जेनिथ सेन्ट पिटर्सवर्ग (२–१)
बेन्फिकाविरुद्ध लियोन (२–१)

hamrokhelkudonline/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button