मूल खबरविचार

कम्युनिष्टको तिहार र विचारको स्खलन

जी एन शर्मा


तिहार भन्ने साथ मलाई पुरानो संझनाको तरेलीले घुमाउने गर्दछ । मैले थाहा पाएपछिका धेरै तिहारहरु कम्युनिष्ट प्रचारको अप्रत्यक्ष अभियानसँग जोडिएका थिए । बहुदल आउन अघि सम्म देशमा कम्युनिष्ट गीत भनेका पञ्चायती ब्यवस्थाका बिरुद्धमा जनता जगाउने औजार त थिए नै त्यो सँगसगै कम्युनिष्ट भनेका कस्ता हुन्छन् र जनता अनि कम्युनिष्ट बीचको वर्गीय प्रेमको सम्बन्धलाई कस्ने काम पनि अक्सर कम्युनिष्टहरुले गाउने जनताका गीतलेनै गर्थे । अरु बेला प्रतिबन्धितनै रहेका जस्ता यी गीतहरु तिहारमा अलिअलि त्रासका साथ जनताका घर दैलमा पु¥याउने एक प्रकारका मौन भाषण जस्तै बनका हुन्थे ।
जनतामाथि राज्यसत्ताले गरेका अन्याय, अत्यचार, शोषण , दमन र उन्मुक्तिका लागि जनता जाग्नु पर्छ भन्ने ओजपूर्ण अभिब्यक्ति आज पर्यन्त पनि जनताका गीतमा रहेकाछन् । जनताका गीतका बारेमा भन्दा आफुलाई कम्युनिष्ट हुँ भन्नेहरुले अरु गीतलाई बुर्जुवा भनेर सुन्ने समेत गर्दैन थे । माक्र्सवादी र मालेको एकतापछि अलि पछि सम्मका तिहारमा उनीहरुले जनताका गीतकै माध्यामबाट जनतालाई संगठित गर्ने गरेका थिए । चुनावका बेलामा त यी गीतहरुको भरपुर प्रयोग हुने भयो नै । पञ्चायतकालमा आघोषित रुपमा अखिल लयायत बिभिन्न समूहका नाममा योजनाबद्ध रुपमानै देउसी हिडाउने र जनतालाई जागृत गराउने ध्येयका साथ कम्युनिष्टहरुले तिहार मनाउने गरेका थिए ।एकातिर उनीहरुका गीतले जनता र कम्युनिष्ट पार्टी बीचको नातालाई आत्मिय पार्ने गथ्र्यो भने अर्कोतर्फ अर्थ संकलनको राम्रो माध्याम समेत बन्ने गथ्र्यो कम्युनिष्टको त्यो बेलाको तिहार ।
पञ्चायतको अवसानपछि पनि केही वर्ष एमालेले तिहारलाई प्रचारकै रुपमा परिचालन गर्ने गरेको थियो भने जनताकै गीत अर्थात कम्युनिष्टले गाउने गीतलाईनै प्राथमिकतामा राखेर तिहार मनाउने गथ्र्यो तर सुस्तरी यी गीतहरु दोछायाँमा पर्न थाले एमालेले बोकेको कम्युनिष्ट दर्शन,विचार, ब्यबहार, सिद्धान्तबाट जतिजति पार्टी स्खलित बन्दै गयो उसले विगतदेखि अपनाउँदै आएका गीतहरु पनि उ बाट पराई जस्तै बन्दै गए ।
पछिल्लो समयमा तत्कालीन माओवादीले जनताका गीतलाई निक्कै ठूलो प्राथमिकता राखेर जनसंगीतको अभियान चलायो । युद्धकालमा उसको दोस्रो ठूलो हतियारकै रुपमा जनता गीत र संगीतलाई उसले अपनाएको थियो तर शान्तिवार्ताको केही समय पश्चात उसले पनि यी गीतहरुलाई एमालेकै नजिक जस्तै बनाई दियो । तर यहाँ स्मरण योग्य पक्ष यो छ कि रक्तिम साँस्कृतिक परिवार जसलाई ने क पा (मसाल) निकट पनि भन्ने गरिन्छ ले आज सम्म पनि आफ्नो अभियानलाई निरन्तरता दिएको पाईन्छ । पञ्चायतको अवसानपछि देशमा बहुदल आयो , बहुदलपछि लोकतन्त्र आयो तर परिवर्तनको खासै महशुष यी गीत गाउने स्वयम् कलाकार र सुन्ने जनताले गर्न सकेनन् । लाग्छ बहुदल पनि नेताकै लागि र लोकतन्त्र पनि नेताकै लागि आएका र ल्याईएका होलान् । शायद त्यसैले पनि अब यी र यस्ता गीतको औचित्य छैन भनेर आज ठूला भन्ने नामका कम्युनिष्टहरुका तिहारमा यी गीतहरु अटाउन छाडेकाछन् । कुनैपनि राजनीतिक पार्टीलाई विचार, दर्शन, सिद्धान्तले थामेको हुन्छ र उसको परिचय भनेको उसको सिद्धान्त र ब्यबहारको तालमेल हो । त्यसलै पनि हिजो जनता गीतको सहारमा तिहारमा देउसी हिडाउने कम्युनिष्टहरुका आजको तमास देख्दा लाग्छ जब कम्युनिष्ट पार्टीहरु विचार, सिद्धान्त, दर्शन , ब्यबहारबाट स्खलनको अन्तिम चरणमा पुग्छन् उनीहरुबाट प्रकट हुनेनै यस्तै अनौठा कुरा होलान् ।
जनताका आँशु र पीडालाई मुक्तिको मसालसँग जोडेर कुर्लीकुर्ली गाउने र कम्मर भाच्चिउन्ँजेल नाच्न कम्युनिष्टहरुको हिजो आजको तिहारमा अब भोजपुरी फिल्मका कामुक गीतहरु बजे भने पनि अफठ्यारो मान्नु पर्ने देखिदैन किनकी उस पथ प्रदर्शक विचार र सिद्धान्तकै ठेगान छैन भने उसले गाउने , नाच्ने र सुन्ने गीत आईटम डान्स हुँदा पो के फरक पर्छ र ! तर ती गीतहरुलाई सधै सलाम छ जसले न्याय, समानता, मुक्ति, विद्रोह र चेतनाका यात्रामा आज पनि जनतालाई जगाईरहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button