कृषि र किसानस्वास्थ्य

फाइदा कति–कति : ‘दुःखको खाना’ होइन, स्वादिलो र स्वस्थ्यकर सिस्नो पाँचतारे मेनुमा

प्रशोधित सिस्नो प्रति केजी एक हजारसम्म
कुनै बेला गरिबकालागि नियमित सेवन गर्नुपर्ने परिकार थियो, ‘सिस्नो र ढेँडो’ । गाउँमा अझै पनि यी खान्कीहरुबाट वाक्क भएकाहरु भेटिन्छ । तर, यो परिकारहरु राजधानीका ठूला–ठूला पाँच तारे होटेलका मेनूमा भेट्न सकिन्छ । त्यै पनि महंगो मूल्यमा । गाउँमा यसको फाइदाबारे धेरैलाई थाहा नहुन सक्छ तर शहरमा स्वाद फेर्नेहरुकालागि यो परिकार ‘अमृत’ समान हुने गरेको छ ।
सिस्नो, कमैको भान्सामा पाक्ने खान्की । हामीकहाँ सिस्नो भन्नसाथ ‘दुःखको खाना’ भन्ने गरिन्छ । गरिब÷दुःखीले ‘सिस्नोको खोले खाएको’ भन्दै यसलाई अभावको बेला प्राण धान्ने खान्कीको रुपमा लिन्थे ।

त्यतीमात्र होइन, यो झोलिलो खानेकुराले स्वाद र स्वास्थ्य दुबैलाई लोभ्याउँदैछ । गजब त के भने, सिस्नो हाम्रोे पाखापखेरुमा जताततै पाइन्छ । सस्तो अनि सुलभ । सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छन् । यही तथ्य बुझेर होला पछिल्लो समय सिस्नोले धनीहरूको भान्सामा पनि पर्न थालेको छ । साना रेष्टुराँदेखि पाँचतारे होटलसम्म यसका परिकार अहिले बन्ने गर्छन् ।

कुनै समय बंगुरलाई चारोका रूपमा प्रयोग गरिने सिस्नु अहिले बहुउपयोगी औषधि बनेको छ । बारी, खेतका डिल र जंगलमा बेवारिसे अवस्थामा रहेको सिस्नुलाई स्थानीयले व्यावसायिक खेतीका रूपमा अँगाल्न थालेका छन्।

त्यसमाथि अहिले हामीले खाने खाना जसरी विषाक्त हुँदै गएको छ, सिस्नोमा त्यो भय छैन् । किनभने सिस्नो विशुद्ध अग्र्यानिक वस्तु हो । यसको उत्पादनमा न किटनाषकको प्रयोग गर्नुपर्छ, न कृतिम भण्डारणको खाँचो नै । न मल न खनजोत नै गर्नुपर्ने ।

पाँच तारे होटलको मेनुमा सिस्नो
नेपालको पाँच तारे होटेलको मेनुमा पनि सिस्नो निकै लोकप्रिय छ । यसलाई संसारकै अति स्वस्थ्यकर खानाको सुचीमा समेत राखिएको छ । देश वाहिर यसलाई सुप, तरकारी, चिया, जुस, औषधि आदिको रुपमा प्रयोग गरिन्छ । पात मात्र नभएर यसको जरासमेत उपयोगी छ । सिस्नो स्वादिष्ट त हुन्छ नै पोषणले पनि भरिपूर्ण हुन्न्छ । तर, हाम्रो गाउँघर, वनपाखामा सजिलै पाइने सिस्नुलाई भने हामीले हेला गरिरहेका छौं ।

कसरी खाने ?
– सामान्यतया सिस्तोलाई पखाली उम्लेको तातो पानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेष गरि यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेमा पकाइन्छ ।
– तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नु पकाइन्छ । यसलाई बल्याण्ड गरेर छानिन्छ । अन्त्यमा नुन मरिच र क्रीम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ ।
– सिस्नुको चिया पनि त्यतिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ । यसलाई ग्रीन(टि कै तरिकाले सेवन गरिन्छ । र, यसलाई जुसको रुपमा पनि पिउन सकिन्छ ।
– सहजताका लागि अहिले सुपर मार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।
– सिस्नोको फुलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ । यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।

औषधीय गुण
– सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मदत र्पुयाउँछ ।
– यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
– सीस्नो गर्भबती तथा सुत्केरी महिलालाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाईदाजनक मानिन्छ ।
– सिस्नोले मुटु सम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।
– सिस्नोले शरिरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाटसमेत रोक्ने काम गर्छ ।
– प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।
– तपाईमा उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ र्पुयाउँछ ।
– यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल र्झनबाट रोक्ने काम गर्छ ।
– शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मदत र्पुयाउने गर्छ ।
– पिसावको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाईदाजनक हुन्छ ।
– शरिर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।

बहुउपयोगी सिस्नो
– सिस्नो जती काट्यो त्यति पलाउने भएकाले खेती गरे पनि लाभ उठाउन सकिन्छ । यसलाई तारे होटेलदेखि विदेशमासमेत विक्री गर्न सकिन्छ ।
– औषधीको प्रयोजनका लागि सिस्नोको अत्याधिक माग हुने भएकाले यसलाई विदेश निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ ।
– सिस्नोबाट क्याल्सीयम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्वोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ ।
– सिस्नोको फुल र जरा कुखुरालाई खुवाएर आण्डा उत्पादनलाई बढाउन सकिन्छ ।
– यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ । गाई भैसीलाई सिस्नो खुवाउदा निरोगी हुनुको साथै दुध पनि बढी दिने गर्छ ।
– यसको जरा औषधीको रुपमा प्रयोग गरिन्छ ।
सामान्यतयाः सिस्नोलाई पखालेर उम्लेको पानीमा राखेर पकाइन्छ । जसले गर्दा यसमा भएको रौँ जस्तो झुस जान्छ । यसमा नुन, खुर्सानी र मकैको च्याख्ला राखेर पकाइन्छ । अहिले सुपर मार्केटमा समेत सिस्नोको पाउडर पाइन्छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । यही भएरपनि आजकल रोगीहरु र रोग नलागोस भन्नेहरुको बजारमा सिस्नो किन्न र बनेको परिकार खान तँछाड मछाड नै हुन्छ ।

आजकल देश वा विदेशमा बटरमा प्याज, लसुन, गाँजर, फुराएर ‘भेज स्टक’ र आलु राखेर सिस्नु पकाइन्छ । नुन मरिच र क्रीम हालेर सुपको रूपमा प्रयोग गर्ने चलन छ । सिस्नुको चिया पनि निकै स्वास्थ्यबर्द्धक मानिन्छ । यसलाई ग्रीन टीकै तरिकाले बनाइन्छ र सेवन गरिन्छ । झोल बनाएर भातसँग खाँदा अनेक रोगहरुले आक्रमण गर्न नसक्ने विज्ञको दावी छ ।

सिस्नो अचुक औषधि

सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक छ ।
सिस्नोले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्छ ।
सिस्नो सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्याउँछ ।
यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।
प्रोस्टेड, ग्ल्याण्ड र बाथको समस्या भएका मानिसलाई उपयोगी ।
शरीरमा रगतका नयाँ सेल बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।
पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्छ ।
शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि ले फाइदा पुर्याउँछ ।
शरीर दुख्ने समस्यामा पनि सिस्नो सेवनले फाइदा पुर्याउँछ, दीर्घ जीवनको लागि उपयोगी हुन्छ । चिकित्सकको सहयोगमा

सिस्नुको व्यावसायिक प्रशोधन
मुलुकको प्रायः सबै पहाडी भेगमा पाइने सिस्नुलाई व्यावसायिक रूपले अगाडि बढाउन गाइघाटबासी जोडतोडका साथ लागिपरेका छन्। सिस्नु व्यवसायलाई अघि बढाउन स्थानीयले ‘लेकाली महिला सिस्नो प्रशोधन केन्द्र’ को समेत स्थापना गरेका छन्। उनीहरूले रौता गाउँपालिकाको वडा ५ मा सकंलन केन्द्र स्थापना गरी आफूमातहतका समूहका अतिगरिब, एकल र दलित समुदायका महिला परिचालन गरेका छन्।

सदस्यबाट आएको सिस्नोलाई संकलन केन्द्रले प्रतिकिलो ५० रुपैयाँमा खरिद गर्ने गरेको केन्द्रका व्यवस्थापक मैयाँ बिकले बताइन्। संकलित सिस्नुलाई संकलन केन्द्रमा नै चित्रा (बाँसको र्याक) बनाई सुकाइने गरिएको प्रशोधन केन्द्रका सचिव चन्द्रकुमारी राना मगरले बताइन्।

बारी, खेतका डिल र जंगलमा बेवारिसे अवस्थामा रहेको सिस्नुलाई स्थानीयले व्यावसायिक खेतीका रूपमा अँगाल्न थालेका छन् । मगरले घाम र आगोबाट जोगाएर गुम्स्याएर ओसिलो ठाउँमा राख्नुपर्ने बताइन्। यसरी सुकाएको सिस्नो औषधि र तरकारी दुवैमा प्रयोग गर्न सकिने स्थानीय गंगा रानामगर बताउँछिन्। उनले भनिन्, ‘बहुउपयोगी जडीबुटी औषधिको रूपमा सिस्नो प्रयोग हुन थालेपछि स्थानीयहरू संकलनमा जुटेका छन्।’

समूहका सदस्य सिस्नो संकलनमा जुटेपछि आयआर्जनमा वृद्धि हुन थालेको छ। एकजनाले दैनिक आठ केजीसम्म टिप्ने गरेका छन्। जसबाट उनीहरूले चार सय रुपैयाँसम्म लिन गरेको अध्यक्ष शान्ता मगरले बताइन्। सिस्नो संकलनमा हिमाली, मालमासे पोखरी, फूलबारी, रौता र लेकाली समूह जुटेका छन्।

सुकाएको सिस्नोलाई मिलमा पिसाई पलास्टिकमा प्याक गर्नसके खरिदका हिसाबले अझ राम्रो हुने राना बताउँछिन्। मिल तथा सानोतिनो पुँजी भएकाले यसलाई सुरक्षित राख्न नसकिने भएकोले लगानीकर्ताको खोजी भइरहेको उनले बताए। साथै ग्रामीण भेगमा विद्युतीकरणको अभावका कारण पनि मिल सञ्चालनमा कठिनाइ भएको उनले बताए। सुकाएको सिस्नो प्याक गरी काठमाडौंसम्म पुर्या उन सके प्रतिकिलो ९ सय रुपैयाँसम्ममा बिक्री हुने सहयोगी संस्था चेलेबेटी क्लबका अध्यक्ष तारा राईले बताइन्। गाईघाटमा सुकाएको सिस्नो प्रतिकिलो ७ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ।हलोखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button