स्वास्थ्य

हेर्नुस म त आफ्नै पिसाव पिउछु’

‘गाइले जथाभावीको पानी खान्छ, उसको पिसाव अमृत, हामी मिनिरल पिउछौ, हाम्रो पिसाव चाही नराम्रो ?

मनोज श्रेष्ठ
‘हाम्रो घरआगन दिसापिवमय छ घिन नमानिदिनुहोला’ ललितपुर चापागाउँ मुन्तिर डोलाहिटीको एउटा घर अगाडि यस्ता थुप्रै कुराहरु लेखिएका छन् । त्यो बाटो हिड्नेहरु प्राय यी कुराहरु पढ्छन । अलिक मन छोयो भने भित्रै गएर सोधपुछ पनि गर्छन । झट्ट पढ्नेहरु घिनाउछन तर धेरैले यसबारे वुझ्न खोज्छन ।

हो, कृषि विज्ञ डा.मदन राईको घर अगाडि लेखिएको यो एउटा स्लग मात्रै हो । उनको घर वरिपरी यस्ता कुराहरु कति छन, कति । शौचालयभित्र पनि यस्ता थुप्रै कुरा पढ्न र सिक्न सकिन्छ । यो संवददाता उनको घर पुग्दा उनी ल्यापटपबाट स्काइपमा कुरा गरिरहेका थिए, भर्खरै खाटाङमा स्थापना गरेको कृषि स्कूलका पदाधिकारीसंग । हामी पुग्नासाथ उनले कुरा छोट्याए । अनि, कुरा सुरु भयो । उनले बनाएको कार्यालयमा पुस्तक सिडीका थाक थुप्रै थिए । भुइमा दुई वटा ठूला ठूला बाल्टीन पनि थिए । उनले देखाउदै भने, ‘म यहि दिसा गर्छु ।’ र, नजिकै एउटा सानो बोतलमा पिसाव गर्ने गरेको जानकारी दिए ।

डा.मदन राईका अनुसार आफुले गर्ने दिसापिसाव मात्रै नभएर अन्यले गर्ने दिसापिसाव केहि खेर जादैन, यति प्रयोग गर्न जान्यो भने । उनले पनि दिसापिसावलाई राम्रोसंग प्रयोगमा ल्याएका छन् । कार्यालय वाहिर केहि स्याम्पल पिसहरु रहेछ । उनले त्यो देखाए । पराल, धान, चामल, दिसा, पिसाव लगायत थुप्रै थिए, स्याम्पल । त्यसवारे उनले वर्णन गर्दागदै भने, ‘गाइले जथाभावीको पानी खान्छ, उसको पिसाव हामी अमृत ठानेर खान्छौ । तर, हामी मिनिरल वाटर पिउछौ, हाम्रो पिसाव चाही नराम्रो ? ल, हेर्नुस म त आफ्नै पिसाव पिउछु भन्दै स्याम्पल पिसाव थोरै पिए ।’

दिसापिसावको फाइदाको वारे मात्रै नभएर कसरी उपयोग गरिन्छ भनेर तरिका पनि देखाए । दिसापिसावलाई घरबाट निस्किने अन्य फोहोर पदार्थसंग मिसाएर अर्गानिक मल बनाउने तरिका र विधिवारे वताए । झण्डै दुई रोपनीमा उनले मौषमी, वेमौषमी तरकारी लगाएर प्रसस्त तरकारी उव्जनी गरेका छन् ।

‘अर्गानिक गार्डेन’ नामाकरण गरिएको कृषिविज्ञ मदन राईको कृषि प्रयोगशाला हो । उनले आधुनिक तवरबाट कोदो, मकै, धान जस्ता अन्नबालीका साथै विभिन्न प्रकारका तरकारी एवं फलफुल उत्पादन गर्छन् । उनले हरियो बोटविरुवा पनि त्यत्तिकै मात्रामा रोपेका छन् । मान्छेको जीवनचक्र विरुवासँंग सम्वन्धित रहेको बताउँंदै उनी थप्छन्, ‘गाँंस, बास, कपास र सास विरुवा नै हो ।’ नेपालको ७५ वटै जिल्लामा पुगेर स्थानीय कृषकलाई कृषिसम्वन्धी सीप र जनचेतना फैलाउने कार्यक्रमहरु गर्दै आएका छन, उनले ।

२००६ मा अशोका फेलो पाएका मदनले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनमा १० वर्ष र अन्य अन्तर्राष्ट्रिय संस्थामा दुई वर्ष काम गरेर स्वदेश फर्के । भारत, जापान, अमेरिका, स्विट्जरल्याण्ड, बेलायत, फ्रान्स, इजरायल, केन्या, जिम्बाब्बे आदि मुलुकमा कृषिसम्वन्धि शिक्षा र तालिम लिएका मदन नेपालमा मात्र नभइ अमेरिका, पूर्वी दक्षिण अफ्रिकाका १२ देश, पश्चिम अफ्रिकाका दुई देश, फिलिपिन्स, इराक, जोर्डन र इटालीमा कृषिविज्ञका रुपमा काम गरेका छन् ।

नेपालमा आधुनिक तरिकाले खेतीका लागि व्यावसायिक बीउ उत्पादन गर्न खटिएका पहिलो चारजना अधिकृतमध्येका एक मदन राई हिमाल पारीको जिल्ला भनेर चिनिने विकट मुस्ताङमा पहिलो पटक स्याउखेती र अन्य सागसब्जीको खेतीको सम्भावना खोज्ने पहिलो व्यक्ति हुन् । उनैले सुरु गरेको मार्फाको स्याउ आज विश्वकै सबैभन्दा स्वादिलो स्याउको रुपमा चिनिन्छ । मुस्ताङको कृषि र स्याउखेतीको क्षेत्रमा विशेष योगदान पु¥याएका कृषिबिज्ञ राई १२ वर्ष लगातार मुस्ताङमा बसेर स्याउखेतीलाई परिचित गराए । त्यसो त पहिला त्यस भेगमा बुद्धिरत्न शेरचनले स्याउखेती सुरुआत गरेपनि त्यति चासो लिएका थिएनन् । ‘त्यहाँं स्याउ फल्छ भन्ने ज्ञान थोरैलाई थियो, फलिहाले पनि बिक्ने हो कि होइन भन्ने दुविधामा थिए त्यहाँंका किसानहरु’, उनी सम्झन्छन् ।

विगत डेढ दशकदेखि सामाजिक कार्यमा संलग्न रहेका उनले हजारौ युवालाई योग्य बनाउन काठमाडौंमा र खोटाङमा कृषिसम्बिन्धि तालिम दिने र विभिन्न सिप सिकाउने काममा लागेका छन् । खोटाङमा कृषि र शिक्षा अभियानका साथ स्थानीय कृषक र विद्यार्थीलाई कृषिदेखि अन्य सिपमूलक तालिम दिने व्यवस्था गरेका छन् । काममुखी शिक्षामा बढी फोकस गर्दै आएका मदन विद्यार्थीलाई स्कुल कलेजको पढाइका साथै खानेकुरा उत्पादन गर्ने, पकाउनेदेखि लगाउने लुगा, बस्ने बास, प्रविधि र संगीतसम्वन्धी सिकाउने अभियानमा जुटेका छन् ।

खोटाङको रतन्छामा निम्न वर्गिय परिवारमा जन्मेका ७० वर्षिय मदनको बाल्यकाल गाइवस्तु हेर्ने, घाँंसदाउरा गर्ने र हलो कोदालो गर्दैमा बितेको थियो । बेलायती सेनामा रहेका उनका बाबु कर्मकुमार राई दोस्रो विश्वयुद्धबाट फर्केपछि घरै नगई काठमाडौं गएर २००७ को क्रान्तिमा लागेका थिए । जनमुक्ति सेना हुँंदै नेपाल प्रहरीमा एसपीसम्म भएका उनका बाबुलाई घरपरिवार भन्दा पनि देश र समाजको चिन्ता थियो । त्यसैले डेढवर्षको उमेरमा बुबाले गाउँं छाडेर हिंडेपछि एक्ली आमाले उनीहरुलाई हुर्काउन कयौं हण्डर खप्नु परेको थियो । दुःख गर्दा पनि एकछाक मिठो खान नपाउदा एकसरो न्यानो कपडा लगाउन नपाउदा केही गरेर ठुलो मान्छे बन्ने चाहनाको विजारोपण भएको थियो उनलाई । तर पढने मान्छे चोर हुन्छ भन्ने कट्टर विचारधाराको बाजेको कारण उनले पढन पाएनन् ।

छोराको पढने चाहनालाई पुरा गर्न आमाले आफ्नो अंश मागेर छुटिएपछि बल्ल नौ वर्षको उमेरमा स्कुलको आगान टेक्न पाए । पढाइमा तेज भएका कारण एकैपटकमा डबल कक्षा चढदै गए । राति टुकी बाल्न मटिटतेल किन्ने हैसियत थिएन उनको परिवारमा । ढोड बालेर स्कुलको होमवर्क गर्थे । विहान झिसमिसेमै उठेर गाइबस्तुलाई घाँंस टन्न काटेर स्कुल जान्थे । हाइस्कुल पढन भोजपुर जानु पथ्र्यो । पढने भए खुरुकक विहे गर नत्र पढन पाउदैनस भनेर बाजेले धम्काएपछि बाध्य भएर १३ वर्षको उमेरमा आफुभन्दा पाको उमेरकी युवतीसँंग बालविवाह गरेका थिए । भोजपुरबाट एसएसलसी गरेर २०२३ सालमा काठमाडौं छिरेका मदनलाई बुबाले काठमाडौको त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना गरिदिए ।

ठमेलको सैनिक होस्टेलमा बसेर अध्ययन गरेको बेला कृषि विषयमा भारतमा अध्ययन गर्न छात्रवृत्तिका लागि आब्हान गरिएको थियो । उनले फारम भरे संयोगवश उनको नाम निस्कियो । उनले भारतको राजस्थानस्थित उदयपुर युनिभर्सिटिबाट कृषि विषयमा बीएस्सीसम्म अध्ययन गर्ने मौका पाए ।

सन् २००६ मा अशोका फेलो पाएका मदनले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनमा १० वर्ष र अन्य अन्तर्राष्ट्रिय संस्थामा दुई वर्ष काम गरेर स्वदेश फर्के । भारत, जापान, अमेरिका, स्विट्जरल्याण्ड, बेलायत, फ्रान्स, इजरायल, केन्या, जिम्बाब्बे आदि मुलुकमा कृषिसम्वन्धि शिक्षा र तालिम लिएका मदन नेपालमा मात्र नभइ अमेरिका, पूर्वी दक्षिण अफ्रिकाका १२ देश, पश्चिम अफ्रिकाका दुई देश, फिलिपिन्स, इराक, जोर्डन र इटालीमा कृषिविज्ञका रुपमा काम गरेका छन् ।

कृषि क्षेत्रमा विशेष योगदान पु¥याएवापत राष्ट्रियस्तरबाट कृषि सम्मानका साथ विभिन्न संघसंस्थाहरुबाट सम्मानित भइसकेका कृषिविज्ञ मदन राई प्रकृतिको धनी नेपालमा गर्न चाहनेका लागि हरेक क्षेत्रमा सम्भावना देख्छन् । भन्छन्, ‘प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक तथा बहुसाँंस्कृतिक धरोहर रहेको नेपालको विकास गर्नका लागि पर्यटन र कृषि नै प्रर्याप्त छ ।’halokhabar.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button