भिडियो चौतारीहेड लाइन

एमाले–नेकपा मिल्दा ५ प्रदेशमा भागबन्डा, ओली–प्रचण्डले गरे सहमति

नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा प्रदेश सभामा सहकार्य गर्ने विषयमा तीन बुँदे सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सहमति अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने भएको छ। मधेश र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरुप तय गरिनेछ।

प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेटविहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धालगायतका समस्या समाधान गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले सहमति गरिएको दुवै दलले जनाएका छन्।

यस सहमतिले प्रदेश सरकारको नयाँ राजनीतिक समीकरणलाई कसरी प्रभावित गर्छ? पाँच प्रदेशमा बन्ने संयुक्त सरकारको स्वरुप कस्तो हुनेछ? मधेश र गण्डकीमा अन्य दलको भूमिका कस्तो रहला? विस्तृत जानकारीका लागि भिडियो पूरा हेर्नुहोस्।

Chautari Post मा राजनीति, समसामयिक घटना, समाचार, विश्लेषण, टिप्पणी, बहस र विचारका सामग्री निरन्तर प्रस्तुत गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button