भिडियो चौतारीहेड लाइन

प्रधानमन्त्री बालेनको जम्बो सचिवालय! २७ जना नियुक्त, मन्त्रीलाई १३ जनासम्म सल्लाहकार राख्न स्वीकृति

 

 

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा हाल २७ जना कार्यरत रहेको तथा मन्त्रीहरूलाई १३ जनासम्म सल्लाहकार र सचिवालय सदस्य राख्न स्वीकृति दिइएको विवरण सार्वजनिक भएको छ।

नेपाली कांग्रेसकी सांसद सीता थपलियाले मागेको सूचनाको हकसम्बन्धी निवेदनको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालयको संरचना, सल्लाहकारहरूको संख्या तथा सेवा–सुविधासम्बन्धी विवरण उपलब्ध गराएको हो। यद्यपि सचिवालयको कुल मासिक खर्च, सवारी साधनको संख्या तथा राज्यकोषमा पर्ने आर्थिक भारसम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन।

यस विषयमा तपाईंको धारणा के छ? आफ्नो विचार कमेन्टमार्फत साझा गर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button