खबर

नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा सात पत्रकार मनोनित

झापा । नेपाल प्रेस युनियनले सात जना पत्रकारलाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको छ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिका अध्यक्ष शिव लम्सालद्वारा जारी विज्ञप्तिअनुसार विधान २०८१ को छैटौँ संशोधन २०७९ को धारा २१ (झ) बमोजिम पत्रकारहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो।

मनोनित हुनेहरूमा कृष्ण सिग्देल (स्याङ्जा), वसन्तकुमार उपाध्याय (बाँके), परमेश्वर अधिकारी (लमजुङ), शैलेन्द्र झा (जनकपुर), राजेन्द्र गौतम (झापा), गोपाल भण्डारी (कपिलवस्तु) र भवानी अधिकारी (स्याङ्जा) रहेका छन्।

त्यस्तै डिबी विष्ट (बझाङ) र बाबुराम सुवेदी (सुनसरी) लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ।

युनियनले मनोनित सदस्यहरूले संस्थाको मूल्य मान्यता आदर्श प्रेस स्वतन्त्रता तथा पत्रकारिता क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button