खबर

तामाङ जातिकाे संक्षिप्त इतिहास

रचना गरिएका इतिहासहरूले तामाङ जातिलाई यही काल खण्‍डमा,यही देश र प्रदेशबाट वर्तमान तामाङहरूको आदिम थलो रहेको भूभागहरू स‍म्म आएको किटानि गरेर कसैले भन्‍न सकेको वा प्रमाणित गन सकेको छैन। तामाङहरू आफूलाई नेपालको भूमि पुत्र आदिवासी जाति भनेर गर्व गर्दछन्। यस्‍तो नेपालकै एक आदिम पुरानो जाति तामाङको इतिहासलाई नेपालका शासकहरूले उल्‍लेख तथा महत्‍व दिएको पाइदैन।

तामाङ जाति,तामाङ राज्‍य वा अधिराज्‍य र राजाहरूको वारेमा नेपालको प्राचिन,पूर्ब लिच्‍छवि काल, उत्‍तर लिच्‍छवि काल,मध्‍य तथा आधुनिक नेपालको इतिहासमा उल्‍लेख गरेको छैन। नेपालका शासक जातिहरूले तामाङहरूलाई राजनैतिक, आथिक, सामाजिक, सांस्‍कृतिक, धार्मिक, शैक्षिक, भाषिक आदिमा मात्र नभई इतिहासको तहसनहस, शोषण दमन र उत्‍पीडन गरी आएका छन्, जो वर्तमानसम्‍म निरन्‍तर चलिरहेकै छ। सत्ताधारि जातिका इतिहासकार तथा मानवशास्‍त्री, समाजशास्‍त्री, भाषाशास्‍त्रीहरूले लेखेको रचना तथा सामन्‍ती राज्‍यसत्ताका इतिहासमा तामाङ जातिलाई ठग्‍नु ठगेको छ। तामाङ जातिलाई मात्र होइन सिङ्‌गो मुलुकको आदिवासि जनजाति तथा नेपाली अहंकारवादलाई बढाइ चढाइ गरेर कथित इतिहास लेखेका छन्।

त्‍यो सत्ताधारी र सेन तथा विष्‍ट राजालाई, गोरखामा मगरका राजालाई, दोलखा र काठमाडौमा नेवारका राजालाई, पूर्वमा राई र लिम्‍बुका राजालाई हराएको इतिहास लेखेको छ। तर ती जातिहरूको भन्‍दा बढि जनसंख्‍या भएको, काठमाडौ उपत्‍यकाको तत्‍कालिन मल्‍ल राज्‍य याम्‍बु (काठमाडौ), हेराङ (पाटन) र खोपाङ (भत्त‌पुर) को वरिपरि कैयैं किपट र कविलाहरूमा रहेमा स्‍वतन्‍त्र उदय हुनु पूर्ब नै वाइबा, रूम्‍बा, बल, घिसिङ आदि थरका तामाङ राजाहरू र राज्‍य अस्ति‍त्‍वमा थिए।

तामाङ राज्‍य र राजाहरूको बारेमा तामाङहरू मौखिक रूपमा अझै भनिरहेका छन्यो, यो ठाउँमा फलानो राजा थियो। ती राजाकादरवारका अस्‍तित्‍वहरू र भग्‍नावशेषहरू विभिन्‍न तामाङ किपटहरूमा छरिएर रहेको भेटिन्‍छ। ताम्‍बा अथात मौखिक इतिहास परम्‍पराबाट पछिल्‍लो चरणमा तामाङ लिपिमा लामा बैद्ध धम लिपिबद्ध तामयीग लिपिमा भएका दोङराप, पराप,केराप आदि वंशावलीहरू, उत्‍पत्तिका नाम्‍थरहरू,हाम्रा, जीक्‍तेन तामछ्योअी,रूअीछेन च्‍योप्‍गे,कुक्‍पाखा छ्याअी,तामाङ च्‍युनीला ठङुसा थेन वब्‍सा आदि हस्‍त लिखित पुस्‍तकहरू पाइएको छ।

तापनि तामाङ जातिको बारेमा लेखेको भन्‍दा कयौं गुण बढि सूचनाहरू मौखिक परम्‍परामै संरक्षित रहेको पाइन्‍छ। यही परम्‍पराको माध्‍यमबाट तामाङहरूले एक पुस्‍ताबाट अर्को पुस्‍तामा सादै आजसम्‍म जे जस्‍तो अवस्‍थामा भएपनि तामाङको इतिहासलाई बचाएर ल्‍याएका छन्। मैजुदा मौखिक र भग्‍नावशेषको रूपमा पाइएका प्रमाण तथा तथ्‍यहरूको वैज्ञानिक अनुसन्‍धान, अध्‍ययन, उत्‍खनन, विश्‍लेषण लेखन जस्‍ता कार्यहरू आर्थिक एवं प्रावधिक रूपले पनि वर्तमान द्रिरद्रावस्‍थाका तामाङ समाजको क्षमता र बंशमा छैन भने हिन्‍दु सामन्‍ती राज्‍यसत्तालाई त्‍यसको कुनै चासो र मतलब छैन। जसले गर्द आज तामाङ जातिको सामाजिक इतिहासका हाम्रा महत्‍वपूर्ण भौतिक सम्‍पदा,निधिहरू तथा मैखिक सम्‍पदाहरू दिनानुदिन,आजभन्‍दा भोलि भन्‍दा पर्सि हुदै अवशेषहरूको पनि अवशेषको रूपमा सधै भग्‍नावशेष्‍मै रहन बाध्‍य छन्।

तापनि आज हाम्रो सामु विभिन्‍न देशका थुप्रै अन्‍वेष्‍कहरू सङ समाजसशास्‍त्री,भाषा शास्त्री, मानवशास्‍त्री,प्रागतिहासिक एवं पाषण पुरातत्‍व विज्ञहरूले अध्‍ययन,अनुसन्‍धान उत्‍खनन् गरेर पत्ता लगाएका तथ्‍यहरु, शोधपत्रहरु रहेका छन्। अब ती विदेशी भाषामा भएका तामाङ जातिका वारेमा लेखिएका, रचिएका अभिलेखहरू संगालेर या संग्रह गरेर आपनो भाषामा, पुनअध्‍ययन तथा विश्‍लेषण गरी भावि तामाङ सन्‍तानहरूलाई पूर्खाको इतिहास पुन लेखन गरी नयाँ इतिहासको सृजना गरेर भएपनि सन्‍तोष लिनुपर्नेछ।

त्‍यो नयाँ इतिहास लेख्‍ने दायित्‍व आज तामाङजातिको सङ्घ तथा नव सन्‍ततिहरूको थाप्‍लोमा आइपरेको छ। तामाङ इतिहाससँग सम्‍बन्‍धित शब्‍द तथा अर्थ यहा मुख्‍यतया तामाङहरूको इतिहासका मौखिक अवशेषहरुलाई आफुले सुने, देखेको र स्‍वदेश तथा विदेश अन्‍वेषकहरुको विभिन्‍न पत्र पत्रिकामा लेखादी तथा पुस्‍तकादीमा विभिन्‍न रूपमा प्राप्‍त सूचनाहरूको आधारमा तामाङ जातिको उत्‍पत्ति, उद्गगम इतिहास र मैखिक रूपमा रहेको तामाङ अधिराज्‍य र राजाका इतिहासहरूलाई समेटिएको छ।

नेपालका विभिन्‍न कालका तामाङहरूको सानातिना घटनात्रमहरूलाई तथा रिमठीम, आर्थिक लगायत अन्‍य पक्षहरूलाई छाडेर यहा खासगरी उत्‍पत्तिबारे संक्षिप्‍तमा र तामाङ राजा र राज्‍यको मौखिक रूपमा संरक्षित रहेको सारहरूलाई संगालेर प्रस्‍तुत गरिएको छ। तामाङ जातिका राज्‍य अनि राजाहरूको इतिहास खोज्‍न तथा बुझ्नु पर्द वारम्‍बार दोहोरिने र सुनिने तामाङ भाषाका शब्‍दहरू परिभाषा तथा तामाङ भाषामा खुल्न आउने अर्थ विस्‍तार प्रस्‍तुत गरिएकोछ । नेपालमा रहेको ६० भन्‍दा बढि आदिवासी जनजातिहरूमध्‍ये एक महत्‍वपूर्ण आदिवासी जाति तामाङ हो।

तामाङ भाषा बोल्नेहरुलाई तामाङ भनेर चिनिन्‍छ। नेपालमा डम्‍पु, टुङना, मुचुङगा र सेलो भन्‍नाले तामाङ जातिलाई बुभाउछ। अनि यो जातिको चिनारीको रूपमा आपनै घर बुना सुतीको स्‍यामा लुगिं जस्‍तो फरिया, ग्‍या, गाबरको, ग्‍या तोकरोक, उनी राडी,पाखी स्‍योल्‍दो सुकाअी लुकुनी, पेङ्का अल्‍लोको घरबुनालुगा अनि लोक्‍ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो, डोको, थुन्‍से,नाम्‍लो बुन्‍ने, थाङ्का चित्रकला, मकुण्‍डो खोप्‍ने मास्‍क, आदि मौलिक पेशाहरू रहेको छ।

तामाङ शब्‍दको अर्थ बारे विभिन्‍न व्‍यत्तिहरूले आ-आपनै मनगढन्‍ते कुराहरू आएको हुदा यहा तामाङ शब्‍दको अर्थ, प्रयोग,ऐतिहासिकता र व्‍यापकता आदि वारे निम्‍न अनुसार चर्च गरिएको छ। तमङ तामाङ शब्‍दको इतिहास र प्रयोग तामाङ शब्‍द मुख्‍यतया नेपालको राजधानी वरिपरि घेरिएर घना बस्‍ती भएको नेपालमा प्रथम आबाद गर्ने मंगोल मूलको मानव जाति वा समुदायलाई बुभाउन प्रयोग भइ आएको छ। तामाङहरूले आपनो समाज वा समुदाय माझ आपनो परिचय तामाङ भनेरै चिनाएको पाइन्‍छ। त्‍यसो त, तामाङ शब्‍दको प्रयोग कहिलेदेखि भएको रहेछ हेरैं।

विदेशी विद्धान म्‍याक्डोल्‍डका अनुसार हालको मुस्‍ताङ जिल्‍लाको गुन्‍थाङ जो पुराङ राज्‍यको एक भाग थियो। त्‍यहाका राजा बुम देंगोन जसले सन् १२५३मा देखि १२८० सम्‍म राज्‍य गरेको थिए। उनको वंशावलीमा तल्‍लो मुस्‍ताङमा रहेका देखि मोन शेरिब अधिराज्‍यका तामाङहरूलाई दबाउन मूत्तिनाथमा किल्‍ला बनाउन लगाएको बृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचक शब्‍दको रूपमा प्रयोग भएको तथ्‍यले तामाङ भन्‍नुमा गर्व गर्ने तामाङहरूलाई दबाउन मूतिनाथमा किल्‍ला बनाउन लगाएको वृतान्‍त उल्‍लेखित छ। सो वृतान्‍तले तामाङ शब्‍दलाई जातिवाचत शब्‍दको रूपमा प्रयोग भएको तथ्‍या उजागर गरेका छ

उपर्युक्त करण अनुसार निम्न कुरा (तथ्य) को पुस्टी हुन्छ।

प्राग ऐतिहासिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद् जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख गर्नुभएको छ। शर्माका अनुसार श्री ५ को सरकार र सोभियत रुस सरकार बीच २०३४मा भएको साँस्कृतिक सम्झौता अर्न्तर्गत लेलिनग्राद विश्वविद्यालय, पुरात्व संस्थाका प्राग ऐतिहाँसिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ भेटेन्को र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्वतिर बानियाँ गाँउ र पण्डित गाउँका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरू फेला पारेका थिए, जुन हतियारहरू ३० हजार वर्षपुरानो भएको दावी छ।

प्राप्त ढुङ्गाका हतियारहरूमध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत् र हिमालय भएर नेपालको काठमाडौँसम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरू नै हुन् भन्ने प्रसंगले पनि तामाङहरू ३० हजार वर्षपहिले देखि नै काठमाडौँमा वरपर बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ| लाेकपाटी न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button