खेलकुद

आसर्नल एफए कपको पाँचौ चरणमा

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको पाँचौं चरणमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहाले गोल गरे । घरेलु टोलीका साम सुरिजले सान्त्वना गोल फर्काए । भिटालिटी स्टेडियमा खेलको पाँचौं मिनेटमा साकाले ग्याब्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा एनकेतिहाले साकाको पासमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–० ले अघि बढेको थियो ।

दोस्रो रोजाईका खेलाडीलाई कोर्टमा उतारेको आर्सनलले दोस्रो हाफमा पनि गोलको अवसर सिर्जना गरेपनि गोल गर्न भने असफल रह्यो ।
इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा बर्नमाउथका सब्सिच्युट खेलाडी साम सुरिजले सिमोन फ्रान्सिसको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल २–१ ले विजयी हुन सफल भयो ।

अब आर्सनलको प्रि–क्वाटरफाइनलमा पोर्ट्समाउथको सामना गर्नेछ । एफएले सोमबार राति नै प्रि–क्वाटरफाइनको ‘ड्र’ सार्वजनिक गरेको छ। रिडिङ र कार्डिफले रिप्ले खेल्दै जित हात पार्ने टोलीले सेफिल्ड युनाइटेडसँग खेल्नेछ । श्रीउजवरी र लिभरपुलको विजेताले चेल्सीसँग खेल्नेछ । कोभेन्ट्री र बर्मिङघमको विजेताले लेस्टरसँग खेल्नेछ ।

यस्तै नर्थह्याम्पटन र डर्वीबीचको विजेताले म्यानचेस्टर युनाइटेडको तथा साउथह्याम्पटन र टोटेनहमको विजेताले अन्तिम १६ मा नर्विच सिटीको सामना गर्नेछ ।

एफए कप प्रि–क्वाटरफाइनल समीकरण

सेफिल्ड वेनस्डेविरुद्ध म्यानचेस्टर सिटी

रिडिङ/कार्डिफविरुद्ध सेफिल्ड युनाइटेड

चेल्सीविरुद्ध श्रीउजवरी/लिभरपुल

वेस्टब्रोमविरुद्ध न्यु क्यासल/अक्सफोर्ड

लेस्टरविरुद्ध कोभेन्ट्री/बर्मिङघम

नर्थह्याम्पटन/डर्वीविरुद्ध म्यानचेस्टर युनाइटेड

साउथह्याम्पटन/टोटेनहमविरुद्ध नर्विच सिटी

पोर्ट्समाउथविरुद्ध आर्सनल

hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button