मूल खबर

झापाको काँकरभिट्टाबाट का्रन्तिकारी माओवादीको ३ महिने अभियानको उद्घाटन (फोटो फिचर )

झापाको काँकरभिट्टाबाट का्रन्तिकारी माओवादीको ३ महिने अभियानको उद्घाटन (फोटो फिचर )
मेचीनगर । झापाको काँकरभिट्टाबाट नेपाल कम्युनिष्ट पार्टी का्रन्तिकारी ( माओवादी)ले बुधवार ३ महिने राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन विस्तार अभियानको उद्घाटन गरेको छ ।बुधबार पूर्वी नाका काँकरभिट्टाको बसपार्क क्षेत्रमा एक कार्यक्रमको आयोजना गरि अभियानको उद्घाटन गरिएको थियो ।


राष्ट्रिय स्वाधिनताको रक्षा तथा संगठन बिस्तारको केन्द्रीय कार्यक्रम अनुसार जनजागरणका रुपमा यो अभियान संचानल गरिएको का्रन्तिकारीका नेताहरुले बताएका थिए । का्रन्तिकारी माओवादीका नेता हरिभक्त कडेलले उद्घाटन गरेको सो कार्यक्रममा बोल्ने बक्ताहरुले एमसीसीको खारेजी र भारतबाट गरिएको सीमा अतिक्रमणको चर्को बिरोध गरेका थिए । सो कार्यक्रममा का्रन्तिकारी माओवादीका नेताहरु हरिभक्त कडेल, रतन, मिनकुमार, बीरेन्द्र यादब, अम्बिका मुडभरि लगायतले सरकारको कडा शब्दमा आलोचना गदैै वर्तमान सरकार नक्कली कम्युनिष्टहरुको नौटङ्गी भएको आरोप समेत लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button