

कमलप्रसाद मिश्र
श्रीजी अर्थात श्रीराधा रानी को महिमा हुने श्रीपंचमी र सर्वश्रेष्ठ बसन्त ऋतूराज श्री माधव अनि बिद्या र बुद्धि को सर्वत्र महिमा का साथ अक्षराम्भ समेत गरिने पावन दिव्य पर्व जुन आज परेको श्रीपंचमी ,बसन्तोत्सव को यो पुनित अवसरमा स्याम अर्थात पहेलो रंगोपहार सहित पिताम्वरधारी नित्यकिशोर श्रीकृष्ण चन्द्र भगवान र सम्पर्ण श्री की सर्वोपरी श्री राधारानी का साथ बिद्या र वुद्धिका लागि एक्काईसौ सतावब्दी का विश्व बिख्यात सरस्वती भक्तियोग रसावतार पंचम मूल जगद्गुरु श्री कृपालु जी महाराज का श्री चरणोमा अभिछीन्न भक्तिको याचना सहित सतकोटी प्रणाम अर्पण गर्दै तपाई सम्पूर्ण बसन्तनुरागी तत्व जिज्ञासु धर्मानुरागी महानुभाव मा शुभ बसन्त उपहारका साथ हार्दिक भक्तीमय शुभकामना ब्यक्त गर्दछु।
प्रिय श्री राधाकृष्ण एवं सदगुरु चरणानुरागी महानुभाव,
सनातन वैदिक धर्म संस्कृति का अनुयायी का लागि सृष्टिको शुभारम्भ ,ऋतूराज भगवान माधव यानिकी श्रीकृष्ण स्वयमं बसन्त बनेको र आदि ह्रादिनि शक्ति श्री राधा रानी बाट आफ्ना चराचर सन्तान जीवत्मालाई प्रेम ,करुणा ,दया र कृपा बर्सिएको प्रति खुसिहुदै उनै सर्व शक्तिमान पुर्णत्तम पूरुषोत्तम भगवान श्री कृष्णले श्रीजीको पूजन गर्दै बिद्या र वुद्धि रुपी दिन श्रीपंचमी नामांकरण गरिदिएको क्षण लाई नै आज तपाई हामी श्री पन्चमी र वसन्तोस्सव का रुपमा यूगल सरकार भगवान श्री राधाकृष्ण को महिमा राधा माधव गीत लहरी गाउदै अनी बिद्या र बुद्धि की अन्तिम अथुरिटी श्रीराधा स्वअंशिनी देवि सरस्वतीको पूजा आराधना गरी मनाउदै छौ।
यसका साथै यौवन उमङ्ग कामवासना का अधिकारी रति कामदेव को लीला र प्रकृति ले पल्लवित पालुवा फेरेर धरतीलाई स्याम अर्थात पहेलो बर्णदिने भगवान को सर्वपृय ऋतू बसन्तीय आलोक लाई आत्मसाथ गर्ने हामी सनातनी वैदिक धर्मावलम्बी हरुले आज श्रीपंचमी मनाइरहदा हजारौ कामदेव को रुपलाई समेत स्वत लज्जित तुल्याईदिने रुप माधुरीका अधिष्ठाता पिताम्वर धारी बंशीवारे श्रीकृष्णले निर्दिष्ट गरेको प्रेमपथ र सरस्वती की समेत आराध्या श्रीजी अथवा श्री राधा रानी को कृपा मार्ग लाई भक्ति रुपी अक्षराम्भका रुपमा ग्रहण गर्न सके बसन्त पंचमी मनाएको पक्कै पनि सार्थकता हुने छ भन्दा अतिशयोक्ति नहोला
प्रिय महानुभाव,
शास्त्र को ऋतूसंहार ६र२मा उल्लेख भ ए अनूसार सर्व चारुत्तर बसन्ते ,अर्थात बसन्तमा समस्त वातावरण नै पिताम्वर पहेलो रुपी रंगले अन्यन्त सुन्दर हुन्छ भनिएको छ भने सनातन वैदिक धर्मका अन्य ग्रन्थ हरुमा समेत आज पर्ने श्री पंचमी र बसन्तको अनेकौ ढंगले निरुपर्ण गरिएको छ नै।जस्तै वेद र बा्रम्हण साहित्यमा बसन्तोत्सव भनिएको छ भने बात्स्यायनको कामसुत्र मा शुभसन्तक,त्यसैगरी कालिदासको अभिज्ञान शाकुन्तल र रघुबंश महाकाव्यमा ऋतूउत्सव नामाकरण गरिएको बसन्त सबैऋतूहरूको राजा ऋतूराज अनी यसका सुत्राधार नित्यकिशोर, किशोरी श्रीराधाकृष्ण नै अधिष्ठाता रहनू हुन्छ भन्ने स्वत पुष्टि हुन्छ।
सायद यहि शास्त्रिय मान्यता अनुसार होला सज्जन बृन्द,
आजका दिन अर्थात श्रीपंचमीको पावन पर्वमा प्रभू माधवको धाम श्री जगन्नाथ पुरी मन्दिर मा राधा गोविन्द गीत लहरी गाउदै अनी श्री बृन्दावन धाम मा समेत प्रकृतिमा यौवन ,काम बासना सृजना गराईदिने कामदेवहरुका समेत परमं श्री माधव र मान्जुल्यी को गुन गाउदै बसन्त पंचमी मनाउने प्रचलन छ यसरी नै प्रभू राधाकृष्ण को महिमा युक्त गाथा ले ओतप्रोत बसन्त महात्म्य कथा हाम्रो देश नेपालको राजधानी काठमाडौं को बसन्तपुर मा राष्ट्र प्रमूख लाई श्रवण गराउदै बसन्त पूजन गरिने गरिन्छ।
सम आदरणीय तत्व जिज्ञासु धर्मानुरागी जनमानस,
सनातन बैदिक परम्परा र संस्कृति अंगालेको हाम्रो देश नेपाल लगायत समस्त आर्यवर्त क्षेत्रमा वैदिक मान्यता अनुसार श्री राधाकृष्ण र ऋतूराज बसन्त अनी माता सरस्वतीको वंदना गर्दै मनाईने यो पर्व बसन्त पंचमी लाई सृष्टिको नबित्तम सुरुवात भ एको भन्दै कुनैपनि नयाँ कुराको थालनी गर्ने प्रचलन रहिआएको छ।वाल बालिका लाई अक्षरारम्भ, खेति किसानी मा बीजारोपण को थालनी ,नाक कान छेडेर गर गहना लगाउने देखि समस्त शुभ कर्मको सुरुवात गर्दै मनाईने आजको श्रीपंचमीमा बिद्या र ज्ञानकी अन्तिम सीमा सरस्वती को पूजन त सबै शिक्षालयमा गरिन्छ नै।
पाठक बृन्द,
बसन्त पंचमी उत्सव लाई वैदिक सनातनी हरूले मात्र होईन आ आफ्नै मान्यता र संस्कार अनूसार अन्य धर्मावलम्बी र पाश्चात्य देशहरुमा समेत मनाउने प्रचलन रहि आएको देखिन्छ।वेदमा ब्रम्हा विष्णु र शंकर भगवानलाई समेत ज्ञानदिने सरस्वतीलाई जलदेवी भन्दै जल बिहारी हंस लाई बाहन र जल मै रहेको कमल को फुलमा बिराजित रहेको श्री राधा अंशीनी सरस्वतीको महिमा गरिएको छ भने जैन धर्ममा श्रुतिदेवी, बौद्ध धर्ममा प्रज्ञा देवी का रुपमा मानिने सरस्वतीलाई जापानमा त बिद्याकी जननी भन्दै वेन्जाईतेन नामले आज पूजन गरिन्छ।त्यसैगरी बसन्तको नवित्तम सुन्दर प्रतिकका रूपमा वेलायत लगायतका देशहरुमा समेत सानी सुकुमारीलाई सजाएर गुड़िया झै वनाई पूजनगरि नचाउने चलन रहेको छ भने महामंजूश्री को पूजन गरेर समेत कतिपयले आज परेको बसन्त पंचमी अर्थात श्री पंचमी पर्वलाई मनाउने गरिएको पाईन्छ।
प्रिय तत्व जिज्ञासु धर्मानुरागी सज्जन बृन्द,
यसरी न गर्मी न जाडो प्रकृतिले समेत नितान्त भिन्न स्वाभाव प्रस्फुटन गरी मायाको अधिनस्थ रहेका हामी जीवात्मा लाई हर्ष र उमङ्ग को अनुभुति गराउने समय बसन्तको पुर्व सन्ध्या मा भगवान को आराधना, देवी सरस्वतीको वंदना र पूजन गरी मनाईने बसन्त यानिकी श्रीपंचमी पर्वको महत्व भनेकै नवित्तम कार्यको थालनी गर्ने भन्ने रहेकाले आजको दिनले अव तपाई हामीलाई माया निबृत्त हुने मार्ग अवलम्वन गर्न प्रेरित गरोस ,सदा सर्वदा माया को जालोमा अल्झिएका हामीहरू भगवान र महादेवी सरस्वती को कृपाले भक्तिको यात्रा तय गर्न सकौं। बसन्त पंचमी उत्सव को यो अवसरमा बिद्या र बुद्धिकी सर्वोपरी देवी सरस्वती का बर्तमान मुर्तिमा न स्वरुप जो राधाकृष्ण भगवानका युगल अवतारम्य हुनुहुन्छ स्बिश्वका पंचम मूल जगदगुरु श्री कृपालुजी महाराज समक्ष निरन्तर माया निबृत्त भक्तीको याचना गर्दै सतकोटी प्रणाम नमन अर्पण गरौ।
ह्यापी स्बसन्तोत्सव
ह्याप्पी स्श्री पंचमी
श्री राधे।
जय जय श्रीराधे।अष्तु
लेखक, राधामाधव प्रचार समिति नेपालका महासचिव हुन् ।



