खबर

आफन्त नेपालद्वारा प्रसाई र शेर्पालाई सम्मान

मेचीनगर । मानव बेच बिखनको नियन्त्रण र न्यूनिकरणका लागि सकृय सामाजिक संस्था आफन्त नेपालले झापा मेचीनगरका गोपाल प्रसाईलाई र निङ्मा छिरिङ शेर्पालाई सम्मान गरेकोछ ।
संस्थाको अािभयानमा ब्यक्तिगत तवरले पनि महत्वपूर्ण सहयोग पु¥याएको भन्दै प्रसाई र शेर्पालाई सम्मान गरिएको आफन्त नेपालका निर्देशक ईन्द्रराज भट्टराईले बताए । प्रसाईले केही समय अघि ललाई फकाई भारत लैजादै गरेकी एक नेपाली चेलीलाई बेचीनबाट जोगाएर महत्वपूर्ण सामाजिक योगदान र मानविय कार्य गरेको भन्दै सम्मान पत्रद्धारा उनलाई सम्मान गरिएको थियो भने शेर्पालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोही सम्मान कार्यक्रममा ईलाका प्रहरी कार्यालय काकरभिट्टाका नव आगन्तुक प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल लाई स्वागत तथा शुभकामना पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा आफन्त नेपाल झापाकी जिल्ला संयोजक सुनिता सापकोटाबाट सन २०१९ मा झापाबाट भएको कामको बारेमा बताउनुभयको थियो।  कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ ,ईलाका प्रहरी कार्यालय काकरभिटटाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी बल काकरभीटटाका प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेल ,मेची नगरपालिका वडा न ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ लगायत स्थानीय संघसस्थाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button