खेलकुद

मोराटाले च्याम्पियन्स लिग गुमाउने

एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड अल्भेरो मोराटाले युईएफए च्याम्पियन्स लिग अन्तरगत इंग्लिस क्लब लिभरपुलसँगको खेल गुमाउने भएका छन् ।

दाया खुट्टाको मसल्स इन्ज्युरीका कारण मोराटाले घरेलु मैदानमा १८ फेब्रुअरीमा हुने प्रि–क्वाटरफाइनलको पहिलो लेग गुमाउने भएको हो । मोराटाले गत सोमबार राति शहरी प्रतिद्धन्द्धी रियाल म्याड्रिडसाग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेका थिए । उनी ५०औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।

एट्लेटिकोले मोराटा कति लामो समय मैदान बाहिर रहने त्यो खुलाएको छैन । च्याम्पियन्स लिगको पहिलो लेग फेब्रुअरी १८ मा घरेलु मैदानमा हुदा दोस्रो लेग ३ मार्चमा लिभरपुलको मैदानमा हुनेछ ।

एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोन चोटसँग जुधिरहेका डिएगो कोस्टा र जोओ फेलिक्सलाई भरोसा गर्न सकेका छैनन् । विन्टरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का उरुग्वेली फरवार्ड एडिन्सन काभनीले अनुबन्ध गर्न असफल सिमोनलाई मोराटाको चोटसँगै झनै समस्या भएको छ ।

सोमबार रियालसँगको हारसँगै एट्लेटिको २२ खेलबाट ३६ अंक जोडेर छैटौ स्थानमा रहेको छ । एट्लेटिको रियालसँग १३ अंकले पछि परेको छ । शीर्षस्थानको रियालको ४९ तथा दोस्रो स्थानको बार्सिलोनाको ४६ अंक छ । एट्लेटिकोले शनिबार घरेलु मैदानमा ग्रानडासँग खेल्दैछ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button