झापा / नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले संघीय सरकारले संघीयताको मूल मर्म विपरित काम गरिरहेको आरोप लगाएका छन् । मंगलबार बिर्तामोडमा प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले उक्त आरोप लगाएका हुन् । अर्को प्रशंगमा प्रदेशलाई प्रहरी तथा निजामती कानुन बनाएर आफ्नै प्रहरी र निजामती सेवा सञ्चालन गर्न दिनका लागि संघीय सरकार बाधक भएको बताए । उनले भने, ‘संघीयताको मूल प्रकृति भनेको प्रत्येक प्रदेशको आफ्नै प्रहरी संरचना हुनुपर्दछ । संविधानले पनि उल्लेख गरेको छ ।
निधिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई संघीयताप्रति विश्वास नै छैन् त्यस कारण संघीयताको मर्म र भावना अनुरुप कार्य सम्पादन नगरेकोे उनको भनाई थियो । पार्टीको आसन्न १४ औं महाअधिवेशनका लागि आन्तरिक तयारी भइरहेको छ अब सहज वातावरण बन्दै गएको छ, यो शुभ संकेत हो । उनले पार्टीमा गुट सञ्चालन भन्दा पनि समूहगत काम गरेर देश र जनताको हितमा अग्रसर हुनुको विकल्प नरहेको बताए ।janasamsadonline



