खबर

एएमआई नेपालको एक दिने आत्मिकी शिक्षा सम्मेलन सम्पन्न

सुरुङ्गा , झापाको कन्काई नगरपालिका स्थित सुरुङ्गा बप्तिष्प चर्चमा आयोजना गरिएको एक दिने आत्मिकी शिक्षा सम्मेलन सम्पन्न भएको छ ।एएमआई नेपालको आयोजनामा सम्पन्न सो कार्यक्रममा झापा र ईलामका एएमआई नेपालमा अध्ययनरत इसाई अगुवाहरुको सहभागिता रहेको थियो ।


बाइबलीय इश्वरशास्त्रका विषयमा आत्मिकी शिक्षा संचालन गर्दै आएको एएमआई नेपालमा आबद्ध अगुवाहरुले एएमआई नेपालको आत्मिकी शिक्षाका बारेमा सामूहिक र ब्यक्तिगत रुपमा समेत समिक्षा गरेका थिए । उक्त एक दिने आत्मिकी सम्मेलनमा सहभागिहरुलाई बाइबलीय ईश्वरशास्त्रका बारेमा एएमआई नेपालका निर्देशक पाष्टर श्याम श्रेष्ठ, प्रचारक धनबहादुर लिम्बु, रेभ पाष्टर दिलसिं लिम्बुले आफ्ना अनुभव सहित एएमआईको शिक्षा बारेमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा ब्रदर जोसेफ शर्माले संसार र इश्वरशास्त्रको आबाश्यकता र महत्वका बारेमा चर्चा गर्नु भएको थियो ।


सो कार्यक्रम डिकन लक्ष्मीकुमार राई, पाष्टर मकर लिम्बु, पाष्टर देवलाल शर्मा, पाष्टर पल्टन सोरेन, डिकन डम्बरबहादुर राना, डिकन होमराज राई, इसाई अगुवाहरु भुपेन्द्रकुमार राई, गोकुल राई, राजकुमार राई लगायतले आफ्ना अनुभव राख्नु भएको थियो भने आरधना संगतीमा स्थानिय चर्चको क्वायर समूहले सहयोग पु¥याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button