
एजेन्सी – युवा तीब्र गतिका बलर नसीम शाहको विश्व कीर्तिमानी प्रर्दशनमा बंगलादेशसँगको पहिलो टेष्ट घरेलु टोली पाकिस्तान ४४ रनको इनिङ अन्तरले विजयी भएको छ । सोमबार बंगलादेश चौथो दिन ६२.२ ओभरमा १ सय ६८ रनमा अल आउट भएपछि पाकिस्तान इनिङ अन्तरले विजयी भएको हो ।
तेस्रो दिन आइतबार नसीम टेस्ट क्रिकेटमा सबैभन्दा कन्छा ह्याट्रिक गर्ने खेलाडी बनेका थिए । नसीमले १६ वर्ष ३ सय ५९ दिनमा ह्याट्रिक गर्दै इतिहास रचे । बंगलादेशको दोस्रो इनिङमा नसीमले ४१ औं ओभरको चौथो बलमा नज्मुल सान्टो, पाँचौमा ताइजुल इस्लाम र अन्तिम बलमा महमुदुल्लाहलाई क्याच आउट गराउँदै ह्याट्रिक पुरा गरेका थिए ।
दोस्रो इनिङमा बंगलादेशका मनिमुल हक ४१, लिटन दास २९, ओपनर तमिम इकवाल ३४, सफिफ हसन १६ र सान्टो ३८ रनमा आउट भए । बंगलादेशका ४ खेलाडीले खाता खोल्न सकेनन् । नसीमले ८.२ ओभरमा ह्याट्रिक सहित २६ रन खर्चेर ४ विकेट लिए । स्पिनर यासिर शाह ४, शाहिन अफ्रिदी र मोहम्मद अब्बासको नाममा १-१ विकेट रह्यो । बंगलादेश पहिलो इनिङमा २ सय ३३ रनमै अल आउट भएको थियो ।
पाकिस्तानले पहिलो इनिङमा ४ सय ४५ रन बनाउँदै २ सय १२ रनको फराकिलो अग्रता कायम गरेको थियो । पाकिस्तानका युवा ब्याट्सम्यान बाबर आजमले १ सय ९३ बलमा १८ चौका १ छक्का सहित १ सय ४३ रनको शतकीय इनिङ खेलेका थिए । जुन बाबरको करिअरको पाँचौ र उत्कृष्ट प्रर्दशन हो ।
शन मकसुदले एक सय, आदस सफिक ६५ र हरिस सोहेलले ७५ रनको योगदान दिए । पहिलो इनिङमा बंगलादेशका अबु जायद र रुवेल हसनले ३-३ विकेट लिए ।
दोस्रो टेष्ट अप्रिल ५ देखि ९ सम्म कराँचीमा हुने छ । त्यसअघि बंगलादेश र पाकिस्तानबीच अप्रिल ३ मा वान डे हुने छ । बंगलादेश टोली अव स्वदेश फर्किने छ । पुन अप्रिलमा पाकिस्तान जाने छ । जनवरी अन्त्यमा भएको तीन टि ट्वान्टी सिरिज पाकिस्तानले २-० ले जितेको थियो ।hamrokhelkud



