खबर

निर्भया हत्याकाण्ड : आमाले रुँदै दोषी चारैजनाको फाँसीको तिथि घोषणा गर्न माग

नयाँदिल्ली (एजेन्सी)।

भारतको राजधानी दिल्लीमा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाकी आमाले उक्त काण्डमा सजाय पाएका चारैजना दोषीविरुद्ध तत्काल नयाँ डेथ वारेन्ट जारी गर्न माग गर्दै बुधबार अदालतमै रोएकी छन्।

निर्भयाकी आमाले न्यायाधीशलाई आफू सात वर्षदेखि न्यायका लागि कुरेको बताइन्। उनले भनिन्– ‘म हात जोडेर मागिरहेकी छु कि दोषीहरूविरुद्ध डेथ वारेन्ट जारी गरून्।’

त्यसपछि उनी अदालतबाहिर सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा रोएकी थिइन्। निर्भयाका दोषीहरूमाथि नयाँ डेथ वारेन्ट जारी गर्ने विषयमा मृतकका मातापिता र दिल्ली सरकारको याचिकाको अदालतमा सुनवाइ भयो। अदालतमा दुवै पक्षको बयान सुनेपछि सुनवाइ बिहीबारका लागि सारेको छ।

अदालतमा उपस्थित निर्भयाकी आमा सुनवाइका क्रममा अत्यन्तै भावुक देखिएकी थिइन्। उनले न्यायाधीशलाई भनिन्– ‘म एक वर्षदेखि प्रयास गरिरहेकी छु कि दोषीहरूलाई फाँसीमा चढाउने तिथि तय गरून्। म पनि एक आमा हुँ। न्यायका लागि सात वर्षदेखि कुरिरहेकी छु। म तपाईंहरूसँग हात जोड्छु।’

न्यायाधीशले उनलाई आश्वासन दिँदै भने– ‘तपाईंलाई सुनाउनलाई नै अदालत डाकिएको हो। म तपाईंलाई सुनिरहेको छु।’सुनवाइका क्रममा निर्भयाका पिताले न्यायाधीशलाई यदि दोषीहरूलाई वकिल उपलब्ध गराउने हो भने निर्भयामाथि अन्याय हुने बताए।

यस सम्बन्धमा कानुनले दोषीहरूलाई केही अधिकार दिइराखेको न्यायाधीशले प्रस्ट पारे। उनीहरूलाई अधिकार नदिने हो भने उनीहरूमाथि फेरि अन्याय हुने उनले बताए। यसअघि यस हत्याकाण्डमा मंगलबार भएको सुनवाइमा पनि निर्भयाका मातापिताले अदालतमा दोषी ठहर्याइएका व्यक्ति कानुनको खिल्ली उडाइरहेको बताएका थिए।

तिहाड जेलका अधिकारीहरूले मंगलबार अदालतमा एक प्रतिवेदन बुझाएका थिए। उनीहरूले दिल्ली उच्च अदालतले दिएको समयसीमा विगत ७ दिनमा कुनै पनि दोषीले कुनै प्रकारको कानुनी विकल्प चयन नगरेको बताएका थिए। ती चार दोषी ३२ वर्षीय मुकेशकुमार सिंह, २५ वर्षीय पवन गुप्ता, २६ वर्षीय विनयकुमार शर्मा र ३१ वर्षीय अक्षयकुमार हुन्।

अदालतले उच्च अदालतको ५ फेब्रुअरीको आदेशलाई मान्यता दिएको छ। अदालतले कानुनले कसैलाई जिउने अधिकार दिएको छ भने यस्तो अवस्थामा दोषीलाई फाँसी दिनु पाप हुने बताए।

उच्च अदालतले दोषीहरूलाई न्यायको हितमा उक्त आदेशको एक हप्ताभित्र आफ्नो कानुनी विकल्प प्रयोग गर्न अनुमति दिएको थियो। यसअघि तल्लो अदालतले जनवरी ३१ मा उक्त मुद्दामा चारैजना दोषीलाई दिइने फाँसीलाई अर्को आदेश नआएसम्मका लागि रोक लगाएको थियो। ती चारैजना हाल तिहाड जेलमा कैद छन्।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button