खबर

जनयुद्धमा ज्यान गुमाउनेलाई राज्यले सहिद घोषणा गर्नुपर्ने

कालीवहादुर मल्ल, कालिकोट ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा कालिकोटका अध्यक्ष धनजित शाहीले जनयुद्धमा ज्यान गुमाउनेहरुलाई राज्यले औपचारिक सहिद घोषणा गर्नु पर्ने बताउनु भएको छ । २५ औं जनयुद्ध दिवसको अवसरमा आज कालिकोटमा आयोजित छुट्टा छुट्टै कार्यक्रममा यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

नेकपा कालिकोटको आयोजनामा आयोजित चियापान तथा जनयुद्ध तथा जनआन्दोनका सहिदहरुको सम्झनामा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष शाहीले जनयुद्ध तथा जनआन्दोलनका सहिदहरुको सपना साकार पार्न आफू लागि पर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

साथै जनताको अधिकार प्राप्तिको लागि ज्यानको आहुति दिने सहिदहरुका सपना पुरा गर्न जस्तोसुकै चुनौति आएपनि पछि नहट्ने वताउनु भयो । नेकपा कर्णाली प्रदेश कमिटि सदस्य गंगा खड्का, जिल्ला कमिटि सचिवालय सदस्य एवम युवा नेता तुलाराज मल्ल लगाएतले

राष्ट्रियता, जनजिविका र जनतन्त्र प्राप्तिको लागि ज्यान गुमाउने सहिदहरुका परिवारहरुलाई राज्यले उच्च सम्मान गर्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै आजै अनेरास्वयु जिल्ला समिती कालीकोटले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेकपा कालीकोटका अध्यक्ष धनजित शाहीले जन युद्ध र जनआन्दोलनका क्रममा वलिदानी दिने महान सहिदका अधुरा सपना पुरा गर्नु अहीलेको आवश्यकता रहेको वताउनुभयो ।

उक्त कार्यक्रममा अनेरास्वयिुका केन्द्रीय सदस्य भिम प्रसाद आचार्या, नेकपाका युवा नेता रमेश कुमार शाही, कृष्ण प्रसाद आचार्य, प्रेस संगठनका केन्द्रीय सदस्य कालीवहादुर मल्ल लगाएतकाले शुभकाना मन्तव्य राखेका थिए ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button