खबर

आज प्रणय दिवस

नेपाल समाचारपत्र, काठमाडौं।

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसको अवसरमा कहलिएका १४ जना चर्तित व्यक्तिले एकै स्थानमा कविता वाचन गर्ने भएका छन्। कवितासंग प्रेम साटासाट गर्ने उद्देश्यले धेरै व्यक्तिको मायासंग जोडिएको विषयलाई केन्द्रीत गरी कविता वाचन गर्न लागेका हुन्।

विशेष गरी भ्यालेनटाइन डेमा केटाकेटी घुम्न जाने र मनोरञ्जन मात्र गर्ने परम्पराको अन्त्य गर्दै आफ्नो जीवनमा प्रेमसंग जोडिएका विषयलाई कवितामार्फत् उतार्न सेलिब्रेटीहरूले प्रमिल कविता सुनाउने कार्यक्रम आयोजना गर्न लागेको हो।

शुभ दिन मिडिया एन्ड रिसर्च सेन्टरले आज शुक्रबार आयोजना गर्न लागेको कार्यक्रममा सबै सेलिब्रिटीहरूले आई एम अ पोइट ईन लभ अर्थात् मायामा परेको म एउटा कवि विषयमा कविता वाचन गर्ने कार्यक्रम रहेको मिडियाका निर्देशक एवं पूर्वमिस नेपाल सुगारिका केसीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button