मूल खबर

प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न कांग्रेसको माग

न्युज अफ नेपाल,काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसले आज प्रधनमन्त्री केपी शर्मा ओलीले संसदमा गर्न लाग्नुभएको सम्बोधन स्थगित गर्न माग गरेको छ ।
नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य रहनु भएका दुर्गाप्रसाद उपाध्यायको निधन भएको भन्दै आज प्रतिनिधिसभामा हुन लागेको प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको हो।

शोकका कारण सदन स्थगित गर्न माग गर्दै कांग्रेस सचेतक पुष्पा भुसाल संसद सचिवालयमा पुगेकी छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकाल दुई वर्ष पुगेको अवसरमा सरकारका उपलब्धीबारे आज प्रतिनिधिसभालाई जानकारी गराउने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button