खेलकुद

लुकाकुको उच्च प्रदर्शनमा इन्टरको जित

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले एक गोल र एक असिस्ट दिएपछि इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ मा सहज जित हात पारेको छ । इन्टरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो।

लुडोगोरेट्स एरिना राजग्राडमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इन्टरका लागि एक गोल यसै विन्टरमा इंग्लिस क्लब टोटेनहमबाट इन्टर मिलान पुगेका त्रिस्टियन इरिक्सनले गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि इन्टरले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरेका थिए ।
७१औं मिनेटमा क्रिस्टियन इरिक्सनले लुकाकुको पासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए ।

इन्ज्युरी समयमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई जित दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एनिसेट एबेलले डानिलो डि एम्ब्रोसियोलाई लडाएपछि इन्टरले पेनाल्टी पाएको थियो । जसलाई लुकाकुले सदुपयोग गरे ।

दोस्रो लेग २८ फेब्रुअरीमा इन्टरको मैदानमा हुनेछ । यसमा बराबरी या जित हात पारे इन्टर प्रि–क्वाटरफाइनलमा प्रवेश गर्नेछ । लुडोगोरेट्स राजग्राडलाई अर्काे चरण प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक छ ।hamrokhelkud

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button