
कमल मिश्र
जब लाखौ जनता र हजारौं जनमुक्ति सेना ले सहादत गरे स्तव दुरदर्शी नेता एवं दार्शनिक माओत्सेतुङ्ग को नेतृत्व मा रहेको चिनियाँ कम्युनिष्ट पार्टीले सन १९४९मा घरेलु साशक च्यांङ्ग काई सेकको कोमिङ्ताङ पार्टी र जापानी साम्राज्य वादलाई एकसाथ लखेटेर चिनमा कम्युनिस्ट पार्टीको नौलो जनवादी सत्ता स्थापना गरेको थियो। तर जनवादी क्रान्ति सम्पन्न भए पछि गठित कम्युनिस्ट पार्टीको सरकार का कतिपय नेता कार्यकर्ता ले क्रान्ति कालको प्रतिवद्धत्ता विपरित भस्ट्राचार र ब्यक्तिगत स्वार्थपूर्ति मा लागेपछि सिंगो पार्टी र सरकार लाई वदनामी वाट जोगाउन स्वयमं अध्यक्ष माओले नेता कार्यकर्ता लाई ग्याङ्ग वनाएर पार्टी भित्र का अवसरवादी माथि वमवाडी गर्न सुझाए पछि सुध्दिकरण गर्न चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता सहभागी ग्याङ्ग अफ फोर बन्यो. अनि बमवाडी गर्दा धेरै पेटी वुर्जुवा प्रवुति का युद्ध सरदार हरु निसानामा परे भने स्वयम्अध्यक्ष माओको विश्वास पात्र लिन प्याओ लाई समेत हवाई दुर्घटना भएको वहानामा सुली चडाईयो। के ठुला के साना कमजोरी गर्ने नेता तथा कार्यकर्ता लाई खोजी खोजी जेल र सुली चडाएउने चिनियाँ कम्युनिष्ट पार्टीको यस्तो खाले अबिरामी यात्रा माओपछिका देङ्ग स्याओ पिङ्ग, जियान जेमिन, हुं जिन्ताओ हुदै बर्तमान राष्ट्रपति सी जीन पिङ्ग हरुले तय गरिरहेकाले पनि चीन अहिले विस्वको मुख्य अर्थव्यवस्था भ एको धनि र विकसित देशमा उदाएको मात्र छैन कि वर्तमान चिनियाँ राष्ट्रपति सी जिङ्ग पिङ्ग ले चालेका कठोर भस्ट्राचार विरोधी कदमले बिस्भरी स्यावासी मात्र बटुलेको छैन कि भर्खरै को नेपाल भ्रमण का वेला उहाँले यहाँ का कम्युनिस्ट नेता र सरकार लाई दिएको सुझाव ले पनि भ्रस्टलाई जेल अनि सुली तर्फ नै ईङ्गित गरेको वुझिन्छ।
नेपाली झर्रो भाषाको उख्खान अनुसार पनि की आछी खानु की भन्या मान्नु भन्ने तिर बिचार गर्दा त्याग तपस्या र वलिदान वाट प्राप्त उपलब्धि लाई जोगाउनु त कता हो कता उल्टै हितैसी पार्टीका हितचिन्तक मित्रले दिएको सुझाव लाई नमानी भ्रष्टाचार गर्न लागेका कम्युनिस्ट लेअहिले आछी नै खाएको देखिन आउछ नै११ नेपालमा अहिले हज्जारौ जनता र सयौ कार्यकर्ता ले बगाएको रगत को नासोका रुपमा गठन भ एका दुई ठुला कम्युनिस्ट पार्टी मिलेर वनेक ने, क, पा, को सरकार छ। सर्वहारावर्गको मुक्तिका खातिर लडाई लडेर आएको माओवादी र जमिन्दारबर्ग लाई उच्छेद गर्न लागेर वीचबाटोबाटै शान्तिपूर्ण अवतरणमा आएको एमाले मिलेर वनेको सरकार संग जनताका अपेक्षा धेरै थिए ति अपेक्षा पुरा हुनु त कता हो कता उल्टै जिम्मेवारी समालेका हरु दिनानुदिन गन्हाउन एक पछि अर्को गर्दै थालेका छन। ठीक छ गलत गरे गन्हाएं तर कम्तिमा जनता र कार्यकर्ता को भावना वुझेर नेतृत्व तहका हरुले यस्ता आछि खानेलाई कारवाही गर्नुपर्नेमा उल्टै संरक्षण गरिर ईएको छ भन्दा अतिशयोक्ति नहोला यसको ताजा उदाहरण हुन् सेक्युरिटी प्रेस खरिद को टेन्डर प्रकरणमा अर्वौ घुस माग्ने निवर्तमान सुचना मन्त्री गोकुल वांस्कोटा देखि वालुवाटार को सरकारी जग्गा व्यक्तिको नाममा राखेर नेता वनिरहने नेकपाका महासचिव बिष्णु पौडेल लगायत। तर पौडेल वांस्कोटा त केवल यतिवेलाका प्रतिनिधि पात्र मात्र हुन भ्रष्टाचारी, ब्यविचारी, अपराधी र कमिशन खोरी ले खर्लक्कै खान लागेको परिस्थिति संग गुज्रिरहेको नेकपा र वर्तमान सरकार को नेतृत्व गर्नेहरुले अव पनि सोचेनन भने त्याग र बलिदान को इतिहास वोकेका पार्टीका नेता तथा कार्यकर्ता ले चीनमा जस्तै ग्याङ्ग अफ फोर गठन गरेर भष्ट्राचारी लाई यात जेल नत्र सुलीमा राखेर नझुन्ड्याए सम्म न देश वन्छ र अव नेकपा नै रहन्छ. त्यसैले १२ बर्ष जनयुद्ध लडेर आएका किसान र मजदुर मुक्तिका लागि मिठो गफगरेर संगठन गर्न पल्किएका ईमान्दार कम्युनिस्ट हरू हो यदि तिमीहरुलाई देश, जनता प्रति माया छ भने वनाओ ग्याङ्ग अनि गर वमवाडी११ चडाओ हिजो कपडा लगाऊन नसक्ने हैसियतका बिष्णु पौडेल हरू र कुनैवेला म संगै अखिलमा वसेर काम गरेको पछि समेत म बबुरो लाई खटन पटन गरी पत्रकारिता काम गरेको व्याज भंजाएर मन्त्री खान माहिर गोकुल बांस्कोटा हरूलाई सुली मा११ म संगै कामगर्दा बागबजारको भक्तपुर बसस्टेन्ड तिर एक खिलि खैनी समेत सापटी माग्ने हैसियत को गोकुल बांस्कोटा अनि उसलाई वचाउने केपी उता युद्धकालमा चन्दा संकलित रकम वाट दाजुका नाममा घडेरी किन्ने देवेन्द्र पौडेल र उनका रक्षक प्रचन्ड स्वयमं नै बर्तमानमा उतिवेला को चिनका लिन प्याओ का प्रतिनिधि देखिएकाले यदि पार्टीको सांख जोगाउनू छ भने जुट कम्युनिस्ट हो चडाओ माथिदेखि तलसम्मका भ्रष्टाचारी लाई सुली
र, अन्त्यमा बिषय र प्रसंग फेरिईसकेको वर्तमानमा कवि भुपि सेरचन ले लेखेको कविता कै भावमा मेरै मौलिक कविता छोडने अनुमति चाहन्छु।
हुदैन विहांन मिर्मिरे तारा हराएर न ग ए ।
बन्दैन देश यो ताल ले भ्रष्ट लाई कारवाही नगरे।
अष्तु। यी लेखकका निजि विचार हुन् ।



