
काँकरभिट्टा / नाइट्चेस क्लवको आयोजना तथा मेची युमा चेस एकाडेमीको सहयोगमा आगामी फागुन २० देखि २५ गते सम्म पिवी मेमोरियल केसिसि इन्टर ओपन चेस टुनामेन्ट २०२० आयोजना हुने भएको छ । आयोजकले शनिवार पत्रकार सम्वेलन आयोजान गरेको कार्यक्रमको वारेमा जानकारी गराएको हो ।
नाईट्चेस क्लवका अध्यक्ष राजु कार्कीको सभापतित्वमा सम्पन्न पत्रकार सम्वेलनमा अध्यक्ष कार्कीले प्रतियोगितामा नेपाल , भारत, भुटान र बंलादेशका २ सय ५० बढी खेलाडीहरुको सहभागिता रहने जानकारी दिए । आयोजकले कुल २ लाख ८४ हजार९सय रुपैयाँको विभिन्न राशीका पुरस्कार घोषणा गरेको उनले बताए । प्रतियोगिताको ३८ विद्यामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने योजना रहेको मेची युमा एकाडेमीका अध्यक्ष तथा टुर्नामेन्ट डाईरेक्टर विश्वविजय घिमिरेले जानकारी दिए । काँकरभिट्टा खानेपानी तथा सरसफाई सस्थाको सभाहलमा आयोजना हुने प्रतियोगितामा टप २० खेलाडी मध्ये प्रथम हुनेलाई ६० हजार , दोस्रो विजेतालाई ४० हजार तेस्रो पुरस्कार राशी २५ हजार रहेको छ । आयोजकले भेट्रान प्रथम , भेट्रान दोस्रो , १ नम्वर प्रदेश प्रथम , अनरेटेड , तथा अन्डर १४ का प्रथम छात्र —छात्राहरु लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडिहरुलाई पुरस्कृत गर्ने जनाएको छ । आयोजकले खेलाडीहरुलाई आवास र एक तर्फी गाडी भाडाको प्रवन्ध समेत मिलाएको छ भने खेलमा भागलिन ७ वर्ष देखि ८० वर्ष सम्मका खेलाडी सहभागि हुने छन् । कार्यक्रम सफल पार्न पशुपति माविकी प्रिन्सिपल अनिता थापाले ३लाख प्रदान गरेकी छिन् कार्यक्रम फिडे नियम अनुसार सञ्चालन हुने जनाईएको छ । पत्रकार सम्वेलनमा खेल संयोजक बाबुराम विष्ट, उपाध्यक्ष भरत गुरुङ, सचिव राजु पौडेल , सदस्य बलिमान गुरुङ, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव अशोक राईले गरेका थिए ।janasamsad



