विचार

येशू ख्रीष्टको क्रूसको मृत्यु नै मानव जातिको उद्धार थियो ।

– होमराज राई

रोमीहरुले यातनापूर्ण प्राणदण्डको लागि प्रयोग गर्न तयार गरिएको क्रूस हो । यहूदीहरुमा यस्तो चलन थिएन तापनि येशूले अन्तमा यहूदीहरुले पनि उहाँको हत्या गर्नलाई यही तरिका अपनाउनेछन् भनि जान्नुहुन्थ्यो,
पुरानो समयका इस्राएलीहरुले तिनीहरुका अपराधीहरुलाई ढुड्डाले हानेर मार्थे । यसरी मरेपछि त्यो व्यक्ति परमेश्वरको सराप र दण्डमा परेको थियो भन्ने चिन्हस्वरुप उसको मृत देहलाई रुखमा झुन्ड्याइन्थ्यो, (ब्यबस्था २१ः २२–२३ )। येशूको समयका यहूदीहरु रोमी कानूनको अधिनमा भएका हुनाले उनीहरुसित कसैलाई मृत्युदण्ड दिने अधिकार थिएन तर कसैलाई प्राणदण्ड दिनको निम्ति तिनीहरुले रोमी अधिकारीवर्गलाई निवेदन गर्नुपथ्यो । येशूको सम्बन्धमा उनीहरुले उहाँलाई ढुड्डाले हानेर मार्ने अनुमति पनि मागेनन् किनकि येशूलाई त्रूmसमा चढाएर मृत्युदण्ड दिन सजिलो हुन्छ भनि तिनीहरुले जान्दथे, (मत्ती २७ः२२–२३ )।
येशू क्रूसमा झुण्ड्याउनुको अर्थ रुखमा झुण्ड्याउनु बराबर हो भन्ने यहूदीहरुले ठाने । र उनीहरुले उहाँ अब परमेश्वरबाट श्रापित हुनुभएको छ भनि बिश्वास गरे । वास्तवमा येशू परमेश्वरबाट श्रापित हुनु भएन तर उहाँको आज्ञाकारी हुनुभयो । उहाँले यो काम पापीहरुको उद्धारको पक्षमा गर्नुभयो । येशू ख्रीष्टको त्रूmसको मृत्यु चाहि उद्धारको एउटा मार्ग थियो ।

क्रूसमा येशूको मृत्युको कारण र वास्तविकता

तर सारा मानव जातिको पाप क्षमाको निम्ति येशू ख्रीष्टिले दर्दनाक यातना अनि दुःखदायी मृत्युसमेत भोग्नुपर्ने दिन थियो । रोमी ६ः२३ ले भन्दछ , “किनकि पापको ज्याला मृत्यु हो,तर परमेश्वरको सितैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।” यो मानिस जातिहरुले भोग्नुपर्ने पापको मृत्यु तर ख्रीष्टले हाम्रो साटो मृत्यु भोग्नु भयो । र यो मानवजातिको निम्तिचाहिँ पापको क्षमा र आनन्दको दिन थियोे भने ख्रीष्टको लागि एक बलिदानको दिन थियो ।
१. क्रूसमा येशूको मृत्युहुनुको मुख्य कारण ः
यहूदीहरुले येशूलाई मार्न पटक–पटक प्रयास गरेका थिए । उनीहरुले ढुंगाले हानेर मार्न खोजे तर उहाँ लुकेर आफ्नो प्राण बचाउनु भयो (यूहन्ना ८ः५९) । फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरुको हातबाट निस्किजानुभयो (यूहन्ना १०ः३९)। अर्कोपल्ट उहाँ उम्केर जानुभयो (मती १२ः१४–१५) । एकदिन मानिसहरुले येशूलाई एउटा भीरबाट खसालेर मार्न खोजे तर उहाँ भागिहाल्नुभयो,(लूका ४ः२८–३०) । यो दृश्यलाई हेर्दा येशू मर्नदेखि डराएर भग्नुभएको जस्तो देखिन्छ, र अर्को दृष्टिले हेर्ने होभने उहाँ केहि गर्नु नसक्ने, शक्तिविहिन जस्तो पनि देखिन्छ । तर, त्यसो होइन् उहाँ यस्तो तरिकाद्धारा मारिनका लागि यस संसारमा आउनुभएको होइन । उहाँ त सारा मानवजातिको निम्ति श्रापित बने क्रूसको बलिदान हुनुपर्ने थियो । क्रूस एउटा काठको ठाडो खम्बा हो, जसमा एउटा अर्को तेर्सो काठ टाँसिएको हुन्छ । रोमी साम्राज्यको समयमा रोमीहरुबमट मृत्यूदण्ड दिइएको अपराधीहरु एस्तो क्रूसमा टाँगिएर मारिने गर्थे । त्यो समयमा अपराधीहरुलाई मात्र त्रूmसमा झुण्याएर माथ्र्यो । त्यसैले उहाँ मानवजातिहरुलाई त्यो श्रापबाट मुक्त गराउन येशू आफै श्रापित भई क्रूसमा प्राण दिनु पर्ने थियो । जब उहाँको क्रूसमा झुण्डिने सहिसमय आइपुग्यो त्यसैले उहाँ गेत्समनी बगैंचामा प्रार्थना गरिसक्नुभएपछि उहाँलाई पक्रनु यहूदा इस्करयोगीको अगुवाईमा रोमी सिपाहीहरु गएका थिए । येशूले नै उनीहरुलाई सोध्नुभयो, तिमीहरु कसलाई खोज्दैछौ ? तिनीहरुले भने, ‘नासरतको येशूलाई ।’ येशूले भन्नुभयो, ‘म उही हुँ।’ त्यसपछि उहाँलाई पक्रे । ब्यवस्था पुरा गर्नु उहाँ आउनुभएकाले तयार हुनुभयो । गलाती ३ः १३ मा यसरी लेखिएको छ,‘ हाम्रो निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो, किनकि “काठमा झुण्डिने हरेक श्रापित हुन्छ” भन्ने लेखिएको छ ।

२.उहाँले कोर्रा खानुका साथै रगत बहाउनु भयो ।
यो कोर्रा लगाउने यातना वा दण्ड हल्का खाल्को निश्चित थिएन । रोमी साम्राज्य संसारकै एउटा शक्तिशाली साम्राज्य थियो । त्यहाँका सिपाहीहरु तालिम प्राप्त थिए । त्यो कोर्रा येशूको शरीरमा हान्दा शरीरको वरीपरि बेह्रीने गर्दथ्यो । त्यसले मासुलाई च्यात्ने काम मात्र गर्दैनथ्यो तर कोर्रामा रहेको सीसाको टुक्राले उहाँको शरीरलाई भित्रैदेखि छेड्दथ्यो । जब सीपाहीहरुले कोर्रा लगाउँथे तब कोर्राले येशूका शरीरभित्रका मासुहरु निकालेर ल्याउँदथ्यो । उहाँ यति सारो घायल हुनुभएको थियो कि उहाँको भित्रका हड्डीहरु समेत देखिन थालेका थिए । यो तपाई र मेरो लागि खानुभएको दर्दनाक कोर्रा थियो । त्यहि कोर्राको चोटले आज हामी निको भएको छौं । यशैया ५३ः ५ ले भन्छ, “तर उ त हाम्रा अपराधहरुका निम्ति छेडियो । हामीमा शान्ति ल्याउने दण्ड उहाँमाथि प¥यो, र उसको कोर्राको चोटले हामी निको भयौं ।” त्यही कोर्राका चोट र रगतले आज हाम्रो अपराध क्षमा भएको छ, शान्ति आएको छ र हामीले चंगाई पाएका छौं । मत्ती ८ः१७ ले भन्छ, “उहाँ आफैले हाम्रा दुर्बलताहरु लिनुभयो, र हाम्रा रोगहरु उठाईलानुभयो ।”

३.येशूको हात खुट्टामा किला ठोकिएको ।
त्यो समयमा हात खुट्टामा किला वा काँटी ठोकेर अपराधी वा देशद्रोहीलाई क्रूसमा झुण्ड्याइन्थ्यो । यो दण्ड असाधै कष्टकायीक थियो । एउटा काठको त्रूmस बनाउथे र हात खुट्टामा काँटी ठोकीसकेपछि क्रूसलाई माथि उठाउँथे, तब शरीरको भारले गर्दा शरीर तल झुक्थ्यो र त्यसो गर्दा हात र खुट्टालाई ठूलो पीँडा पथ्र्यो । मुख्य अंगहरुमा चोट नपुगेकाले तुरुन्तै मर्दैनथ्यो र धेरै कष्टहरु पाइरहन्थ्यो । यसरी नै येशूलाई पनि एकदम नराम्रोसित किला ठोकेर विभत्स रुपमा त्रूmसमा टाँगिदिए । उहाँलाई टन्टलापुर घाममा झुण्ड्याइएको थियो । विषालु किराहरु रगतको गन्ध सुँघ्दै उहाँमाथि आएर भन्कन्थे । उहाँले हाम्रै निम्ति अन्तिम सास रहुन्जेल ६ घण्टासम्म दर्दनाक पीडा खप्नु पर्यो । उहाँको हात खुट्टामा काँटी ठोकिनुको मुख्य कारणचाहिँ हाम्रा हात र खुट्टाहरुले गरेका पापहरुबाट हामीलाई छुटकारा दिनु नै हो । कतिपय हाम्रा हातहरुले गर्न नहुने कामहरु गरेका छन् र खुट्टाहरुले जान नहुने ठाउँहरुमा गएर पापहरु गरिरहेका हुन्छन् । त्यहि पापहरुलाई शुद्ध वा छुट्कारा गराउन नै पापरहित येशूले आफ्ना हात र खुट्टाहरुमा किला ठोकिएर रगत बगाउँनुभयो ।

४. क्रूस दोष पत्र रद्द गरिएको ।
स्वर्गीय अदालतमा पापीहरुको मामिला पेश हुँदा हामी सबै दोषी ठहरिएर हाम्रो विरुद्धमा एउटा अभियोग पत्र तयार भएको थियो तर येशूले त्यसलाई क्रूसमा ठोकिदिन’भयो । यहाँ, कलसी २ः१४मा यसरी लेखिएको छ, ‘हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानूनी दाबीहरुलाई क्रूसमा कीला ठोकी रद्द गरिदिनुभयो ।

५.काँडाको मुकुट शीरमा पहिरिनकोु कारण ।
उहाँ त महिमित मुकुटका योग्य हुनुहुन्थ्यो । तर त्यो मुकुट सुन र जवाहरतले बनिएको थिएन तर तिखातिखा काँडाहरुले बनाएर काँडाको मुकुट लगाई यहूदियाका राजाको जय भन्दै अपमान गरिरहेका थिए । इस्राएलमा काँडेधार भन्ने झाडीहरु छन् र त्यसका एकदम लामा र तिखा काँडाहरु हुन्छन् । रोमी सिपाहीहरुले ती काँडेधार झाडीहरुबाट हाँगाहरु ल्याएर येशूको टाउकोको आकार भन्दा सानो मुकुट बनाएर येशूको टाउकोमा खाँदेर लगाइदिए । त्यो काँडाको मुकुट टाउको भन्दा सानो आकार भएको र खाँदेर लगाएकाले तिखा काँडाहरुले टाउकाको छालाहरु छेडेर हाडहरुमा तिब्ररुपमा घोचेकाले अनुहार रक्ताम्मे र भयानक कष्ट भोगिरहनुभएको थियो । यसको मुख्य कारण हाम्रा सोच (बिचार )मा रहेका पापहरु क्षमा गर्नुको लागि थियो ।
उहाँले गर्नुभएको अपार प्रेम सम्झेर यस्ता बिचारहरुबाट फर्किनु पर्दछ । रोमी ८ः७–८ ले भन्छ, “किनभने पापमय शरीरतिर लागेका मनचाहिँ परमेश्वरप्रति शत्रुता हो, र पाप–स्वभावको वशमा हुनेहरुले परमेश्वरलाई प्रसन्न पार्न सक्दैन ।”
अर्को कुरो–उहाँले हाम्रो निम्ति काँडाको मुकुट पहिरिनुको कारण हामीले स्वर्गीय मुकुट पाउनलाई नै हो । स्वर्गीय मुकुट बिभिन्न प्रकारका हुनेछन् । १पत्रुस ५ः४ मा लेखिएको छ,–“तब तिमीहरुले कहिल्यै नओइलाउने महिमाको मुकुट प्राप्त गर्नेछौ ।” अरु मुकुटहरु,– धार्मिकताका मुकुटहरु र जीवनका मुकुटहरु प्राप्त गर्नेछ । प्रकाश ४ः३–४ मा लेखिएकोछ,–“ त्यहाँ बिराजमान हुनेहरुको मुहार बिल्लोर र लालमणिजस्तै देखिन्थ्यो र शीरमा सुनका मुकुटहरु पहिरिएका थिए ।

६.मलाई तिर्खा लाग्यो ।
यूहन्ना १९ः २८ ले भन्दछ ,यसपछि येशूले सबै कुरा अब सिद्धिए भनि जानेर धर्मशास्त्र पुरा होस् भनि भन्नुभयो ,मलाई तिर्खा लाग्यो । र २९ मा भनिएको छ । त्यहाँ सिर्काले भरिएको एउटा भाँडो राखिएको थियो ,यसकारण सिर्काले भरिएको स्पञ्ज एउटा हिसपको हाँगामा राखेर तिनीहरुले उहाँको मुखमा पुर्याइदिए । मर्कूस १५ः२५मा लेखिएको छ ,–तिनीहरुले उहाँलाई त्रूmसमा टाँग्दा बिहानको नौं बजेको थियो । बाह्र बजेदेखि तीन बजेसम्म देशमा अन्धकारले छायो र येशूले बेलुकाको तीन बजेतिर आफ्नो प्राण त्याग्नुभयो ।
त्यो समयमा इस्राएलको सुख्खा मौसममा चर्को घाम लागेको बेला येशूलाई लामो समयसम्म क्रूसमा टाँगिएको थियो । उहाँले त्रूmसको दर्दनाक यातना ६घण्टासम्म खेपीरहनु भएको थियो । यो नरकीय कठोर यातनाको प्रतिक हो । नरकमा ज्यादै गर्मी र तिर्खा महसुस हुन्छ (लूका १६ः२३–२४) । शरीरबाट रगतहरु बगेर खसिसकेले गर्दा शरीरसुख्खा भएकोले तिर्खा लागेको थियो ,तर येशूले शारीरिक तिर्खाको मात्र कुरा गर्नुभएको होइन । येशूले हामी बिश्वासीहरुसंग उहाँको रगतको मूल्य तिरेर उहाँको तिर्खा मेटाउनका लागि हामीले प्रयत्न गर्नुपर्ने भनेर भनिरहनुभएको छ। के आज हामीले उहाँको रगतको मुल्य तिर्न सक्छौं ? त्यो तिर्खा भनेको नरकमा गइरहेको आत्माहरुलाई बचाउनु हो । नरकमा ज्यादै गर्मी र तिर्खाको महसुस हुन्छ । लूका १६ः२३–२४ मा लेखिएको छ, ‘नरकमा कठार कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हे¥यो,र टाढामा अब्राहम र उनको साथमा लाजरसलाई देख्यो । अनी उसले कराएर भन्यो, ‘हे पिता अब्राहम, ममाथिदया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औंलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदिनुहोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु ।’ र यूहन्ना १९ः २८ मा उहाँले धर्मशास्त्र पुरा होस भन्नुभयो, ‘मलाई तिर्खा लाग्यो ।’ यस बचनको खण्डले हामीलाई बुझाउँदछ कि त्यस नरकको दर्दनाक अवस्थाबाट बचाउनुको संकेत थियो ।
७.पृथ्वी काँम्यो र चट्टानहरु फुटे ।
येशूको मृत्युपछि मन्दिरको पर्दा दुई भाग भएर च्यातियो , र त्यहाँ एउटा भुँइचालो गयो । त्यो समयमा चट्टाहरु फुट्यो र पृथ्वी काम्यो । किनभने परमेश्वरले आफ्नो दोषरहित एकलौते पुत्रलाई मानव जातिहरुको प्रायश्चितको बलिदानको रुपमा दिनुभएको थियो । त्यसले गर्दा परमेश्वरलाई सन्ताप भयो र उहाँले धेरै बिलाप गर्नुभयो र जीवनरहित चट्टानहरु समेत फुटे ,र पृथ्वी नै काँपे ।
८. मन्दिरको पर्दा दुई भागमा च्यातियो ।
मती २७ ः ५० मा लेखिएको छ , तब येशू फेरि ठूलो स्वरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो । र ५१ मा त्यसै घडि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुईभाग भएर च्यातियो । त्यसरी नै लूका २३ ः ४५ मा पनि ,– सूर्यको तेज कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो भनेर लेखिएको छ । त्यो समयमा पबित्र पुजाहारी मात्र महापबित्र स्थानमा प्रबेश गर्न सक्थ्यो । जो कोहि प्रबेश गर्यो भने भित्र नै मथ्र्यो।
तर जब त्यो महापबित्र स्थानमा पुग्न पुजाहारीहरुको कृपा चाहिन्न, आज हामी सबै पबित्र पुजाहारीगिरी भएका छौं, १पत्रुस २ ः९ मा लेखिएको छ , तर तिमीहरु त चुनिएका वंश ,राजकिय पुजाहारीगिरी, पबित्र जाति, परमेश्वरको निजी प्रजा हौ । उहाँले तिमीहरुलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरु उहाँका आश्चार्यपूर्ण कार्यहरु घोषणा गर्न सक । १ पत्रुस २ ः ५ मा लेखिएको छ, – तिमीहरु पनि येशू ख्रीष्टद्धारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पबित्र पुजाहारीगिरीको निम्ति जीवित पत्थरहरुझै आत्मिक घर बनदै जाओ । अब परमेश्वरले ग्रहणयोग्य आत्मिक बलिदान चढाउने,पबित्र पुजाहारी,जीवित पत्थरजस्तै आत्मिक घर भएको चाहनु हुन्छ । हिब्रू १०ः १९–२० मा उहाँको रगतद्धारा महापबित्रस्थानमा प्रबेश गर्ने साहस हामीलाई हुन्छ । हाम्रा निम्ति एउटा नयाँ र जीवित मात्र खोलिदिनुभएको छ ।
९. उहाँको कोखमा भालाले घोचियो ।
उहाँको मृत्यु भइसकेपछि समेत तिनीहरुले येशूलाई अभैm भालाले घोचे । हिंस्रक जनावरहरुले मृत जनावरहरुको लाशलाई च्याते भैंm , तिनीहरुले त्यस्तो दुष्ट प्रकारको र क्रूर ब्यवहार उहाँलाई गरे । यो दृष्यहरु देखेर मानिस कति निर्दयी छ भनेर हामी देख्न सक्छौं । यूहन्ना १९ ः ३४ ले भन्छ, “तर सिपाहीहरुमध्ये एकजनाले उहाँको कोखामा भालाले घोच्यो , तुरुन्तै रगत र पानी निस्क्यो ।”
आज मानव जातिहरु पशूसरह भएको छ र क्रूरता र निर्दयी आत्माले भरिएको कारण आज हामी ख्रीष्टको मन हुनपर्ने कुरालाई बुझाउँछ । फिलिप्पी २ः५ले भन्दछ, “ तिमीहरुमा यस्तो मन होस् जुन ख्रीष्ट येशूमा पनि थियो ।” त्यो ख्रीष्टको प्रेम हामीमा आउनु पर्दछ । अर्को कुरा कोखामा भाला रोपेर उहाँको शरीरबाट रगत र पानीद्धारा साँचो जीवन र अनन्त जीवनको आनन्द प्राप्त गर्न सकिन्छ भन्ने तथ्यको साक्षी दिनलाई येशूले आप्mनो रगत र पानी बगाउनु भयो । मौलिक पाप वा आफै गरिएको पाप नभएको येशूको रगत अनमोल रगत हो जसमा कुनै दोष वा खोट छैन । हामीले हाम्रा पापहरुबाट क्षमा पाउन सक्छौं र अनन्त जीवनको आनन्द प्राप्त गर्न सक्छौं किनभने येशू आफ्नो अनमोल रगत बगाउँनु भयो । पानीले आत्मिक रुपमा “बचन” भनेर पनि बुझाउँदछ । जब हामी परमेश्वरको बचनहरु सुनेर व्यवहारमा ल्याउँछौं भने पापहरु त्यगेर धार्मिक बन्दछौं ।

येशू मरेकाहरूबाट बौरिउठ्नुभयो ।

येशू सदाको लागि मर्नु भएन । उहाँलाई ओडारभित्र राखियो र चिहानको प्रवेशद्वारमा एउटा विशाल गोलाकार ढुङ्गा राखिएको थियो र येशूको शरीर कसैले पनि नचोरोस् भन्ने हेतुले सुरक्षाकर्मीहरू खटाइएको थियो ।
तीन दिन पछि, येशू मरेकाहरूबाट शरीरमै बौरिउठ्नुभयो । चिहान् रित्तो थियो, र येशू उहाँका चेलाहरूकहाँ देखा पर्नुभयो । येशूको बौरिउठाइ नै उहाँले भन्नुभए झैं उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुराको प्रमाण थियो । आफू मरेता पनि बौरिउठ्नेबारे उहाँले प्रतिज्ञा गर्नुभएको थियो ।
अनि मानिसका पुत्रलाई धेरै दुस्ख भोग्नु, बूढा प्रधानहरू, मुख्य पुजाहारीहरू र शास्त्रीहरूद्वारा रद्द गरिनु, मारिनु, र तीन दिनपछि बौरेर उठ्नु आवश्यक छ भनी उहाँले तिनीहरूलाई शिक्षा दिन थाल्नुभयो (मर्कूस ८ः ३१)।
उहाँ बौरिउठ्नुभएपछि, येशू आफ्ना चेलाहरूकहाँ देखा पर्दै र उनीहरूलाई सिकाउँदै ४० दिनसम्म रहनुभयो । उहाँ उनीहरूद्वारा देखिनुभएको थियो । उहाँ केवल आत्मा मात्र हुनुहुन्न भन्ने प्रमाण दिन उहाँले चेलाहरुसंगै खानु भयो र उनीहरूलाई आफूलाई छुन दिनुभयो ।
“उहाँले दुस्ख भोगिसक्नुभएपछि चालीस दिनसम्म तिनीहरूद्वारा देखिनुहुँदै र परमेश्वरको राज्यको विषयमा कुराहरू बताउनुहुँदै अनेकौं अचूक प्रमाणहरूद्वारा उहाँले आफूलाई तिनीहरूकहाँ जीवित देखाउनुभयो, (प्रेरित १ः३)।”
“किनकि सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिएँ, जुन कुरा मैले पनि पाएको थिएँ अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो, र गाडिनुभयो, अनि पवित्र धर्म शास्त्र अनुसार उहाँ तेस्रो दिनमा बौरी उठ्नुभयो, अनि उहाँ केफास कहाँ, त्यसपछि बाह्र जनाकहाँ देखा पर्नुभयो, र उहाँ एकैचोटि पाँच सयभन्दा बेसी मानिसहरूकहाँ देखा पर्नुभयो, (१ कोरिन्थी १५ः३–६)।
त्यसैले यो सारा दुःख र कष्टसाथ मृत्यु र येशूको बौरिउठाई पापी मानिसहरूको उद्धार र मुक्तिको लागि थियो भन्ने कुरा र उहाँको महान्तालाई हामीले कहिले पनि भुल्न हुँदैन ।

येशू आफ्नो राज्य स्थापीत गरी फर्की आउनुहुनेछ ।

आफ्ना चेलाहरूलाई ४० दिनसम्म सिकाउनुभएपछि, येशू स्वर्ग फर्किनुभयो । उहाँले आफू फेरि फर्केर आउने र आफ्नो राज्य स्थापीत गर्ने प्रतिज्ञा दिनुभएको छ ।

“यसकारण जब तिनीहरू भेला भए, तब तिनीहरूले उहाँलाई यसो भन्दै सोधे, “हे प्रभु, के तपाईंले यही समयमा इस्राएललाई राज्य फिर्ता गराइदिनुहुन्छ ?” अनि उहाँले तिनीहरूलाई भन्नुभयो–, “पिताले आफ्नै अधिकारमा राख्नुभएका समयहरू वा घडीहरूको विषयमा जान्ने काम तिमीहरूको होइन । तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ र यरूशलेममा, सारा यहूदिया र सामरियामा, अनि पृथ्वीको छेउसम्म तिमीहरू मेरा निम्ति साक्षी हुनेछौ ।” अनि उहाँले यी कुराहरू भनिसक्नुभएपछि तिनीहरूले हेर्दा–हेर्दै उहाँ माथि उठाइनुभयो, र बादलले उहाँलाई तिनीहरूको दृष्टिबाट ढाकिदियो । अनि उहाँ माथि जाँदै गर्नुहुँदा तिनीहरू आकाशतिर एक डिठ लगाएर हेरिरहेका थिए, तब हेर, दुईजना सेतो वस्त्र लगाएका मानिसहरू तिनीहरूको बगलमा खडा भए अनि उनीहरूले भने हे गालीलका मानिसहरूहो, तिमीहरू किन आकाशतिर हेर्दै उभिँदछौ ? तिमीहरूको बीचबाट स्वर्गमा उठाइनुहुने यही येशू नै यही प्रकारले आउनुहुनेछ, जसरी उहाँलाई स्वर्गतिर जाँदै गर्नुभएको तिमीहरूले देख्यौ” (प्रेरित १ः६–११)।
अनि तब आकासमा मानिसका पुत्रको चिन्ह देखा पर्नेछ तब पृथ्वीका सबै कुलहरूले विलाप गर्नेछन्, अनि तिनीहरूले मानिसका पुत्रलाई बडो सामर्थ्य र महिमासहित आकाशका बादलहरूमा आइरहेका देख्नेछन्। अनि उनले आफ्ना दूतहरूलाई तुरहीको ठूलो आवाजको साथमा पठाउनेछन्, र तिनीहरूले चारै दिशाबाट – आकाशको एक छेउदेखि अर्को छेउसम्म – उनका चुनिएकाहरूलाई जम्मा गर्नेछन् ( मत्ती २४ः३०–३१)” “तर जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन, र सबै पवित्र दूतहरू पनि उनको साथमा आउनेछन्, तब उनी आफ्नो महिमाको सिंहासनमा बस्नेछन्। अनि सबै जातिहरू उनका सामु भेला गरिनेछन् अनि जसरी गोठालाले आफ्ना भेडा बाख्राहरूबाट अलग पार्दछ, त्यसरी नै उनले तिनीहरूलाई एउटालाई अर्कोदेखि अलग पार्नेछन् ।” (मत्ती २५ः३१–३२)।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button