कृषि र किसान

संसारको सबैभन्दा ठूला तरकारी फल्ने ठाऊँ

अलास्का। खेतिपातीलाई कुनैपनि ठाऊँको हावापानी र मौसमले प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ। एक ठाऊँमा प्राकृतिक रुपमा उत्पादन गर्न सकिने तरकारीर फलफूल लाई कुनै अर्को ठाउँमा उत्पादन गर्न विभिन्न आधुनिक र कृत्रिम कृषि प्रविधिहरुको प्रयोग गर्नुपर्ने हुन सक्छ। त्यस्तै कुनै एक सिजनमा फल्ने तरकारीलाई बेमौसमी खेती प्रविधीमार्फत अर्कै सिजनमा फलाउन पनि सकिन्छ। तर भनिन्छ नि, मान्छेले प्रकृतीलाई हरेक कुरामा चुनौती गर्न सक्दैन। जस्तै- अमेरिकाको अलास्का मा जसरी अरु ठाउँमा तरकारी फलाउन !

हामीकहाँ पनि कृषि प्रदर्शनीहरू हुँदाका बखत सधैँ देख्नेगरेका भन्दा केही ठूला आकारका तरकारीहरु देख्न पाइन्छ। तर अलास्काको त कुरै अलग छ। यहाँ सन्ताउन्न केजी सम्मको बन्दागोभी फलेको छ, जुन अहिलेसम्मको संसारकै सबैभन्दा ठूलो हो र गिनीज बुकमा समेत नाम दर्ता छ। त्यो बन्दा झुक्किएर या अरु केही भएर फल्यो होला भन्नुहोला। त्यसो होइन। यहाँ उत्पादन हुने तरकारीहरु जस्तै गाजर, मूला, फर्सी, काउली, आलु, टर्नीप आदि सबै यस्तै ठूला र अपत्यारिला हुन्छन्। आखिर यो कसरी सम्भव भयो त ?

हाम्रो पृथ्वीलाई यसको केन्द्र भएर जाने रेखा, भू-मध्यरेखाले ठीक दुइओटा गोलार्द्धमा विभाजित गरेको छ। उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्ध। पृथ्वीले सूर्यलाई सधैँ आफ्नो अक्षबाट करिब साँढे तेइस् डिग्रीको कोणमा ढल्किएर परिक्रमा गर्दछ। तसर्थ दुवै गोलार्द्धमा एकै समयमा एकनासले सूर्यका किरणहरू पुग्न पाउँदैनन्। उत्तर अमेरिकाका सबै भूभाग उत्तरी गोलार्द्धमा पर्दछन्। अलास्का अमेरिकाको एक प्रान्त हो जुन् उत्तरी गोलार्द्धको उत्तर पोलबाट निक्कै नजिक पर्छ र त्यहाँ गर्मी मौसममा खेती गरिन्छ। अलास्कामा रात निकै छोटा हुन्छन्। किनकी त्यहाँ ठाउँअनुसार अठ्ठार देखि बीस् घन्टासम्म लगातार सूर्यको किरण परिरहन्छ। सूर्यको किरण पाउन्जेल बिरुवामा लगातार प्रकाश संश्लेषण क्रिया चलिरहन्छ। फलको वृद्धि भइरहन्छ। रात निकै छोटो हुने हुँदा कम ग्लुकोज मात्र स्टार्चमा परिवर्तन हुन पाउँछन्। बाँकी सबै ग्लुकोज फलको वृद्धिमै प्रयोग हुन्छन्। यसरी यहाँका तरकारी यती ठूला हुन सम्भव भएको हो।

गर्मीमा यती राम्ररी खेती हुने र ठूलाठूला तरकारी फल्ने अलास्कामा जाडो सुरू भएपछि भने घामको नाकमुख देख्न पाइदैन। अलास्काबासीहरू गर्मीको समयलाई लामो र अँध्यारो जाडो मौसमलाई कटाएबापत प्रकृतिले दिएको उपहार सम्झन्छन्। प्रकृति कति सुन्दर र अनुपम छ हगिरु प्रकृतिसँग खेल्न र घुलमिल हुन कसलाई रहर लाग्दैन होला ररु प्रकृतिसँग नजिक रहेर गर्न सकिने कुनै कामरव्यवसाय छ भने त्यो कृषि नै हो। र प्रकृतिको नजिकको नातेदार यदि कोही छ भने त्यो किसान नै हो। प्रकृतीलाई झेलेर, माटोसँग खेलेर संसारको पेट भर्ने किसान नै सबैभन्दा महान् लाग्छन् मलाई त।

लेखक : देव भट्टराई (कृषि तथा वन विज्ञान विश्वविद्यालय krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button