खेलकुद

साउथह्याम्टनसँग लिभरपुल स्तब्ध

पुस २१, २०७७

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग स्तब्ध बनेको छ । लिभरपुल साउथह्याम्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो ।

प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७–२ ले पराजित भएको थियो ।

यो हारले लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता लिने अवसर गुमाएको छ । लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि ३३ अंक छ । साउथह्याम्टन २९ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button