
बिहिबार, पुस २३, २०७७
एजेन्सी – म्यानचेस्टर ‘डर्वी’ मा म्यानचेस्टर युनाइटेडको चुनौती २–० ले पन्छाउदै सिटी इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।
जोन स्टोन र फर्नाडिन्होले गोल गरेपछि सिटीले युनाइटेडलाई उसकै मैदानमा हार चखाएको हो । अघिल्लो सिजन पटि सिटीले युनाइटेडलाई समग्रमा ३–२ पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
ओल्डट्राफोर्डमा बुधबार राति भएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै रुवेन डियासले आफ्नै पोस्टमा गोल गरेपनि उक्त मुभमा मार्कुस रासफोर्ड अफसाइड ठहरिदा भिएआरबाट गोलले मान्यता नपाउदा युनाइटेडले खेलमा अग्रता लिने अवसर गुमाएको थियो ।
नवौं मिनेटमा स्टेफन म्याकटोमिनेको प्रहारलाई सिटीका गोलरक्षक ज्याक स्टेफनले उत्कृष्ट बचाउ गरे । १३औं मिनेटमा केभिन डि ब्रुयनको प्रहार पोस्टमा लागेर फर्कदा सिटी अग्रा लिनबाट चुक्यो ।
५०औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाए । फिल फोडेनको सेट पिस क्रसमा रियाद महारेजले छाडेको बललाई स्टोन्सले जाली चुमाएका थिए ।
५३औं मिनेटमा क्यान्सेलो प्रहार अकासिदा सिटीले अग्रता दोब्बर बनाउन सकेन । ७२औं मिनेटमा युनाइटेडको पल पोग्वाको प्रहार बाहिरियो । ८३औं मिनेटमा फर्नाडिन्होले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । कर्नरबाट आएको बललाई युनाइटेडका दुई खेलाडीले हेडरबाट क्लियर गरेको बललाई पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।
अब सिटीले उपाधिका लागि २५ अप्रिलमा प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम हस्टपरसँग प्रतिस्पर्धा गर्नेछ । खेल वेम्वली स्टेडियममा हुनेछ । टोटेनहमले यसअघि च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो ।hamrokhelkud/from



