खेलकुद

जिदान दुई खेलमा अनुपस्थित रहने सम्भावना!

शुक्रबार, पुस २४, २०७७
एजेन्सी – कोरोना संक्रमण पुष्टि भएका व्यक्तिसँगको सम्पर्कमा रहेपछि स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले दुई खेलमा अनुपस्थित रहने सम्भावना बढेको छ ।

रियलले यस साता स्पेनिस ला लिगामा ओसासुना र स्पेनिस सुपर कपको फाइनलमा एथलेटिको बिल्वाओको सामना गर्दैछ । स्पेनिस पत्रिका ला सेक्टाका अनुसार उनले ओसासुनाविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ । जिदानले बिहीबार नै आफुसँगै रहेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताउदै आफ्नो परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बताएको छ ।

स्पेनमा कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेको अवस्थामा दुई पटक कोरोना नेगेटिभको रिपोर्ट देखाउनुपर्ने हुन्छ । जिदानको हकमा पनि त्यही नियम लागु हुदा उनले दुवै खेलमा टल लाइनमा बस्न पाउनेछैन । अर्काे टेस्टमा पनि नेगेटिभ देखिए उनी टोलीसँग सामेल हुन पाउनेछ ।रियल १७ खलबाट ३६ अंक जोडेर ला लिगाको दोस्रो स्थानमा रहेको छ ।

ला लिगाको प्रोटोकलमा जिदानले आफ्नो पीसीआर परिक्षण नेगेटिभ देखाउनुपर्नेछ । पुनः टोलीमा फर्किनको लागि अर्काे नेगेटिभ नतिजा देखाउनुपर्नेछ । उनको कोरोना नेगेटिभ आएपनि आफुसँग रहेको व्यक्तिमा कोरोना पुष्टि भएपछि जिदान बिहीबारको प्रशिक्षण सत्रमा सहभागी भएनन् ।

जिदानको टोलीले पछिल्लो ८ मध्ये ७ खेलमा जित निकालेको छ । ला लिगामा ओसासुनाविरुद्ध जित निकाल्दै उपाधि यात्रालाई कायमै राख्ने लक्ष्यमा रहेको रियल सुपरकपको उपाधि उपाधि रक्षा गर्न दाउमा हुनेछ । गत वर्ष सेमिफाइनलमा रियलले भ्यालेन्सियालाई तथा फाइनलमा एट्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।

यसपटकको सुपर कपमा ला लिगाको विजेता रियल म्याड्रिड र उपविजेता बार्सिलोनासँगै कोपा डेल रेको फाइलमा प्रवेश गरेका एथलेटिको बिल्वाओ र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुदैछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button