
माघ ३, २०७७
एजेन्सी – इटालियन सिरी ‘ए’ मा लाजियोले रोमालाई पराजित गरेको छ । घरेलु मैदानमा लाजियोले रोमामाथि ३–० को जित निकालेको हो ।
लाजियोको जितमा लुइस अल्ब्रेटोले २ तथा सिरो इमोविलले एक गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा एक गोल सम्भव भएको थियो । खेलको १४औं मिनेटमा कप्तान सिरो इमोविलेले गोल गर्दै लाजियोलाई अग्रता दिलाए । उनले म्यानुयल लाजरीको पासमा गोल गरेका थिए ।
२३औं मिनेटमा म्याजय लाजरीको पासमा लुइस अल्ब्रेटोले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ६७औं मिनेटम अल्ब्रेटोले व्यक्तिगत दोस्रो गोल गर्दै लाजियोलाई ३–० को सहज जित दिलाए । रोमाले बल पोसेसनमा पकड बनाएपनि घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।
यो हारले रोमाले दोस्रो स्थानको इन्टर मिलानसँग अंक बराबरी गर्ने अवसर गुमाउदा तेस्रो स्थानमा यथावत रहेको छ । रोमाको १८ खेलबाट ३४ अंक छ । शीर्षस्थानको एसी मिलानको ४० तथा इन्टर मिलानको ३७ अंक छ । रोमालाई हराएको लाजियो ३१ अंक जोडेर सातौ स्थानमा उक्लिएको छ ।hamrokhelkud/from



