खबर

मेचीनगरमा पनि राप्रपाको पार्टी झण्डा र चुनावी झण्डाको अनावरण कार्यक्रम सम्पन्न

१० माघ २०७७
काँकरभिट्टा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको ७५३वटै स्थानीय तह (पालिका स्तरमा)मा पार्टीको झण्डा र चुनाव चिन्ह को झण्डाको अनावरण कार्यक्रम आज मेची नगर मा पनि सम्पन्न भएको छ । ।राप्रपा मेचीनगरका सभापति सुशील आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय सदस्य प्रजापति कोइराला रहेका थिए भने अतिथि हरुमा रमेश दहाल,देबि दंगाल,शारदा पराजुली,सबिना बजगाँई,दिपेश राई लगायतका थिए ।आजै राप्रपा मेची नगर वडा नम्बर १२ को अधिबेशन समेत सम्पन्न भएको सभापति आचार्यले बताए ।

अधिवेशनले ईन्द्रमणी प्रसाईं को अध्यक्षतामा २१ सदस्य समिति गठन गरेको छ भने कार्यक्रमको संचालन नगर सचिव चन्द्र निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button