मूल खबर

विवाद मिलाउन आयोगलाई सरकारको अवरोध, संशोधनप्रति प्रम असन्तुष्ट

काठमाडौं ,माघ १४, २०७७
निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयमा जाने प्रक्रियामा सरकारी अवरोध सिर्जना भएको छ । आयोगले गरेको राजनीतिक दलसम्बन्धी नियमावलीको संशोधनलाई सरकारले तीन साता बितिसक्दा पनि राजपत्रमा प्रकाशन गरिदिएको छैन ।

राजपत्रमा प्रकाशित नहुँदा निर्वाचन अवधि सुरु भएपछि पनि दलको विवाद निरुपण गर्न सक्ने भन्ने आयोगले गरेको संशोधित व्यवस्थाले कानुनी वैधता पाउन नसकेको हो ।

निर्वाचन आयोगले पुस १९ मा राजनीतिक दलसम्बन्धी नियमावलीलाई संशोधन गरेको थियो । राजनीतिक दलसम्बन्धी नियमावली रहेको ‘निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने’ व्यवस्थालाई नियमावलीबाट आयोगले हटाएको थियो ।

नियमावलीमा गरिएको उक्त संशोधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । उनको सचिवालयका तर्फबाट प्रमुख आयुक्त र अन्य आयुक्तलाई नियमावली संशोधन गरेको प्रति असन्तुष्टि प्रकट गरेको स्रोतले जनाएको छ ।

आयोगले संशोधित नियमावली छाप्त मुद्रण विभाग पठाएको थियो । आयोग स्रोतका अनुसार विभागमा पठाएको तीन साता बढी भइसक्दा पनि राजपत्रमा छापिएको जानकारी आएको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button