खेलकुद

मिलानमाथि इन्टर मिलानको जित

माघ १४, २०७७

एजेन्सी – शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इन्टरले १० खेलाडीमा समेटिएको मिलानमाथि २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो । इन्टरको जितमा रोमेलु लुकाकु र क्रिस्टियन इरिक्सनले गोल गर्दै ज्लाटन इब्राहिमोभिचको गोल सान्त्वना बन्यो ।

मिलानोमा मंगलबार राति भएको खेलमा मिलानले खेलको ३१औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो । तर मिलानले उक्त अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ५७औं मिनेटमा गोलकर्ता ज्लाटन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि मिलान समस्यामा परेको थियो ।

मिलान १० खेलाडीमा समेटिएको फाइनल इन्टरले उठाउन सफल भयो ।कोलारोभमाथि फल गरेपछि रेफ्रीले ज्लाटनलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । ७१औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पेनाल्टी बक्समा राफयल लियोले निकोलो बरेल्लालाई फल गरेपछि प्राप्त पेनाल्टीमा लुकाकु चुकेनन् । ९०औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै इन्टरलाई २–१ को जित दिलाउदै अन्तिम चारको यात्रा तय गराए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button