खेलकुद

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा

माघ १४, २०७७

एजेन्सी – वेस्ट ब्रममाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु टोली वेस्ट ब्रममाथि ५–० को सानदार जित निकाल्दै सिटी शीर्षस्थानमा उक्लिएको छ । सिटीले म्यानचेस्टर युनाइटेडलाई एक अंकले पछि पारेको हो । समान १९ खेलबाट सिटीको ४१ अंक पुगेको छ । युनाइटेडको ४० अंक छ । पराजित वेस्ट ब्रम ११ अंक जोडेर १९औं स्थानमा रहेको छ ।

सिटीको फराकिलो जितमा इल्केए गुन्डोगानले दुई तथा जोआओ क्यान्सिलो, रियाद महारेज र रहिम स्टर्लिङले समान एक गोल गरे । सिटीले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा एक गोल थपेको थियो ।

वेस्ट ब्रमको मैदानमा मंगलबार राति भएको एकपक्षीय खेलमा सिटीले खेलको छैटौ मिनेटमा इल्केए गुन्डोगानको गोलबाट अग्रता लिएको थियो। उनले जोआओ क्यान्सिलोको पासमा गोल गरेका थिए । २०औं मिनेटमा क्यान्सिलोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

३०औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई ३–० को सहज स्थितिमा अघि बढाए । पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा रियाद महारजेले रहिम स्टर्लिङको पासमा गोल गरेपछि सिटी फराकिलो जिततर्फ अग्रसर बन्यो । ५७औं मिनेटमा महारेजको पासमा स्टर्लिङे गोल गर्दै सिटीलाई ५–० को सानदार जित दिलाए ।

बलियो सिटीसामु रेलिगेसन जोनमा संघर्ष गरिरहेको वेस्ट ब्रमले कुनैपनि समय गतिलो पोस्ट आक्रमण बुन्न नसक्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button