स्वास्थ्य

कोरोनासँग मिल्ने भाइरस एसियाका चमेरामा फैलिँदै

२९ माघ २०७७
newsofnepal
बैंकक, (एजेन्सी) ।

वैज्ञानिकहरूले एसियाका अधिकांश भागका चमेराहरूका कोरोना भाइरससँग सम्बन्धित सार्स–कोभ–२ फैलिरहेको बताएका छन् । तिनीहरूले थाइल्यान्डको पुर्वी भागमा रहेको एक वन्यजन्तु आरक्षणमा रेहका चमेराहरूमा कोभिड–१९ भाइरससँग करिब करिब मिल्ने खालका भाइरस फेला पारेका छन् । यसै सिलसिलामा तिनीहरूले एसियाका धेरै मुलुक र क्षेत्रहरूमा रहेका चमेराहरूमा यस्तै प्रकारका भाइरस हुनुपर्ने भविष्यवाणी गरेका छन् ।

वैज्ञानिकहरूले हालै फेला पारेको भाइरसको अस्तित्व ४ हजार ८ सय किलो मिटर दँरीसम्म फैलिएको बताइएको छ । साथै, कोभिड १९ कसरी शुरू भयो भन्ने संकेतहरू यसले दिनसक्ने बताइएको छ । अनुसन्धानकर्ताहरूले भनेका छन् – ‘नमुनाहरू निकै सीमित छन् । तर, कोरोना भाइरसको सार्स–कोभ–२ को अनुवांशिक गुणहरूसँग धेरै मिल्छन् भन्ने कुरामा हामी विश्वस्त छौं । र , यस्तो भाइरस एसियाका विभिन्न भागमा रहेका चमेराहरूमा छ । ’

नेचर कम्युनिकेसनमा प्रकाशित यससम्बन्धी प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले जापान, चीन र थाइल्यान्ड लगायतका मुलुकका विभिन्न क्षेत्रमा यो भाइरस रहेको आंैल्याएका छन् । विगतका अध्ययनहरूले पनि विशेष गरी चमेरोजस्तो प्राणीमा रहेको सार्स–कोभ –२ मानिसमा फैलिएको हुनुपर्ने जनाएका थिए । कोरोना भाइरसको वास्तविक शुरुआत बिन्दु अझै अज्ञात रहेको छ । यसबारे विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले गठन गरेको अन्तर्राष्ट्रिय विशेषज्ञहरूको टोलीले अनुसन्धान गरिरहेको छ ।

यो टोलीले कोरोना भाइरस पहिलोचोटि देखिएको चीनको पश्चिम प्रान्त हुवेईको उहान शहर पुगेको थियो । चिनियाँ टोलीसँगको सहकार्यमा रहेका यस टोलीले हालै कुनै प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुनसक्ने भन्ने सिद्धान्त गलत रहेको दाबी गरेको थियो ।युनिभर्सिटी अफ सिंगापुरका लिन फा वाँगको नेतृत्वमा रहेको टोलीको पछिल्लो अनुसन्धानले थाइल्यान्डको वन्यजन्तु आरक्षणमा एउटा कृत्रिम गुफामा राखिएको चमेरामा ‘¥याकसिएस–२०३’ नामक सो भाइरस पत्ता लगाएको हो । यसको जेनेटिक कोड सार्स–कोभ–२ सँग ९१ दशमलव ५ प्रतिशत मिलेको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button