स्वास्थ्य

कोरोना महामारीः २४ घण्टामा विश्वका १० हजार जना संक्रमितको मृत्यु

अन्तर्राष्ट्रिय अपडेट ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १० हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट २४ घन्टामा १० हजार चार सय ७७ जनाको मृत्यु भएको हो भने चार लाख २८ हजार दुई सय ७३ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा दुई हजार तीन सय ४० जनाको मृत्यु भएको छ भने ७१ हजार एक सय ८१ जना संक्रमित थपिएका छन्।

दोस्रो ठूलो संख्या ब्राजीलमा रहेको छ । ब्राजीलमा एक हजार चार सय ३३ जनाको मृत्यु भएको छ भने ६५ हजार तीन सय ८७ जना संक्रमित थपिएका छन् ।

यस्तै मेक्सिकोमा एक हनजार दुई सय ७३ जना, बेलायतमा चार सय ४२ जना, रुसमा तीन सय ८३ जना, स्पेनमा तीन सय ८९ जना, फ्रान्समा २ सय ७७जना इटालीमा तीन सय १८ जना, जर्मनीमा तीन सय ९६ जना, पोल्यान्डमा तीन सय ७२ जना इन्डोनेसियामा दुई सय ४० जना, पेरुमा एक सय ९६ जना, युक्रेनमा एक सय ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

यसैबीच बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा करिव १० हजार नयाँ संक्रमित थपिएका छन् । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारीअनुसार बुधबार थप ९ हजार ९३८ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ४४ हजार ५७७ पुगेको छ ।janedesh.com/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button